१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सोहेल खान काठमाडौंमा

काठमाडौं – बलिउड अभिनेता सोहेल खान शुक्रबार काठमाडौं आइपुगेका छन्। दवाङ्ग इभेन्टका लागि मार्चमा नेपाल आउन लागेका चर्चित अभिनेता सलमान खानको भ्रमण तयारीका लागि सोहेल एयर इन्डियाको एआई २१५ उडानबाट काठमाडौं आएका हुन्।

सलमानका भाई समेत रहेका सोहेलले उनको भ्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिनेछन्।

दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगिया यसअघि नै काठमाडौंमा छन्। उनीहरुलाई नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले ‘गाईड’ गरिरहेका छन्।

दवाङ्ग इभेन्टमा सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेनन लगायत कलाकार नेपाल आउँदैछन्।

प्रकाशित: ५ माघ २०७४ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App