२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘ग्ले स्टार’ मार्क सेलिङ्ग मृत फेला

लस एन्जलस– ३५ वर्षिय टिभी स्टार मार्क सेलिङ्ग लस एन्जलसस्थित आफ्नो घरमा मृत फेला परेका छन्। बीबीसीलाई उद्धृत गर्दै उनका वकिलले भनेका छन्,‘म मार्क सेलिङ्गले यो विहानमा आफ्नो प्राण त्यागेको घोषणा गर्दछु। उनले अवश्य पनि केहि गल्तीहरु गरेका थिए तर वास्तवमा उनी इमान्दार र मायालु स्वाभावका राम्रा कलाकार थिए।’

लगातार छ वर्षसम्म ‘ग्ले’मा फुटबलर पुकरम्यान ‘पुक’ बनेर दर्शकको मन जितेका सेलिङ्गले आत्महत्या गरेको स्थानीय मिडीयाले बताएका छन्।

सेलिङ्गलाई बच्चा बलात्कार गरेको तस्बिर राखेको आरोपमा २०१५ मा प्रहरीले गिरफ्तार गरेको थियो। उनी पक्राउ परेलगत्तै हजारौ बालिका बलात्कार गरेको तस्बिर उनको ल्यापटप तथा हार्ड डिस्कबाट जफत गरिएको थियो।

सेलिङ्गलाई अदालतले चार देखि सात वर्षको जेल सजाय सुनाएको थियो।

प्रकाशित: १७ माघ २०७४ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App