१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्छः उपप्रम श्रेष्ठ

स्याङजा – उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सिहंदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहसम्म आएको बताएका छन्। शुक्रबार स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौं स्याङजा महोत्सवको अवसरमा सो कुरा बताएका हुन।

‘सिहंदरबारको अधिकार गाउँगाउँमा स्थापित गर्ने प्रयास भइरहेको छ’, श्रेष्ठले भने, ‘देश दिगो शान्ति, सन्तुलित विकास, राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ अग्रसर रहेको छ।’

पूर्वप्रधानमन्त्री सुशील कोइरालाले जारी गरेको संविधानलाई शेरबहादुर देउवा सरकारले संस्थागत गरेको श्रेष्ठले बताए। ‘कांग्रेसले नै संविधान जारी र कार्यन्वयन ग¥यो’, श्रेष्ठले भने, ‘अब प्रतिपक्षमा बसेर संविधानलाई संस्थागतका लागि सहयोग गर्नेछौं।’ 

एक अर्को प्रसंगमा औद्योगिक क्षेत्र आर्थिक विकासको इन्जिन भएको श्रेष्ठले बताए। ‘औद्योगिक विकासले मात्र रोजगारी सिर्जना हुन्छ’, श्रेष्ठले भने, ‘दीगो शान्ति, सन्तुलित विकास, राजनैतिक स्थायित्वको आवश्यक छ।’

नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सांसद पदमा कुमारी अर्यालले अबको आन्दोलन आर्थिक समृद्दिको आन्दोलन रहेको बताइन्। ‘राजनीतिक आन्दोलन र संघर्षहरु पुरा गरिसकेका छौं’, ‘सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्य अपरिहकार्य छ।’

अर्यालले वर्तमान काम चलाउ देउवा सरकारले मनोमानी रुपमा गरेका निर्णयहरुले देशलाई ठुलै क्षति पुग्ने धारण व्यक्त गरिन्। ‘देउवा सरकार काम चलाउ सरकार हो’, ‘औपचारिक रुपमा निर्णय गर्ने कुनै अधिकार र हैसियत हुँदैन।’

प्रकाशित: २६ माघ २०७४ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App