एमी सलमानकी हिरोइन !

बुधबार, ०२ फागुन २०७४, ०८ : १४ एजेन्सी


मुम्बई – बलिउड अभिनेता सलमान खानको हिट फिल्म ‘किक’को सिक्वेलको सुरसार बलिउडमा सुरु भइसकेको छ । फिल्मको पहिलो भागले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि फिल्मको दोस्रो भागका लागि कलाकार छनोट भइसकेको छ ।

समाचारअनुसार फिल्ममा शीर्ष भूमिकामा सलमान नै हुनेछन् । फिल्मका लागि यसअघि नायिका जेकलिन फर्नान्डिज फाइनल गरिए पनि अहिले आएर उनको स्थानमा एमी ज्याक्सनको प्रवेश भएको खबर छ । यो फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ ।

फिल्मको पहिलो भागमा सलमान र जेकलिन बाहेक रणदीप हुड्डा र नवाजुद्दिन सिद्दीकी पनि थिए । फिल्ममा नवाजले भिलेन चरित्र निर्वाह गरेका थिए । यो फिल्मलाई दर्शकले निकै रूचाएका थिए ।
नायिका एमीले फिल्म ‘फ्रिकी अली’मा नवाजुद्दीन सिद्दिकीसँग काम गरिसकेकी छन् । उनी रजनिकान्त र अक्षयकुमारको फिल्म ‘२.०’ मा पनि देखिँदैछिन् ।

सलमान यतिबेला बैंककमा फिल्म ‘रेस ३’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा जेकलीन, डेजी शाह, बोबी देवल र अनिल कपूरको पनि अभिनय छ । फिल्मको निर्देशन रेमो डिसुजाले गरेका छन् । यो फिल्म यसै वर्षको इदमा रिलिज हुँदैछ । दक्षिण भारतका फिल्ममा ज्यादा देखिने ब्रिटिश मूलकी एमीलाई पछिल्लो समय अक्षयकुमारको अपोजिटमा फिल्म ‘सिंह इज ब्लिङ’मा देखिएको थियो । एमीको बलिउड डेब्यु भने आर्यन बब्बरका साथमा ‘इश्क’का साथ भएको थियो ।
 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...