नागरिक नायक मनोनयन

बुधबार, ३० फागुन २०७४, १८ : ३८ नागरिक


के हो नागरिक नायक ?

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि सकारात्मकभूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई सम्मान गर्दै तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने गर्छ । यस्ता व्यक्ति र संस्थाबारे प्रचार प्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने अभियान हो– नागरिक नायक सम्मान ।

नागरिक नायक हुन कुनै पनि व्यक्तिवा संस्थाले निम्नलिखित क्षेत्रमा भूमिका खेलेको हुनुपर्नेछ : 

  • सर्वसाधारणको सामाजिक तथा आर्थिक सम्वृद्धिका लागि भूमिका खेलेको हुनुपर्छ ।
  • समाजलाई वैचारिक रूपमा डोहोर्‍याएको हुनुपर्छ ।
  • परिवर्तनकारी भूमिका खेलेको हुनुपर्छ ।
  • सामाजिक तथा सामुदायिक रूपमा जोडिएको हुनुपर्छ ।
  • सामाजिक उद्यमशीलता बढाएको हुनुपर्छ ।
  • नाफालाई समाजको वृहत्तर क्षेत्रको हित निम्ति सदुपयोग गरेको हुनुपर्छ ।

नेपाल रिपब्लिक मिडियाको वार्षिक  स्थापना दिवसका अवसरमा देशका प्रभावशाली राजनीतिक, व्यवसायिक, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ र विकास तथा अन्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भव्य समारोहबीच नागरिक नायक अवार्ड प्रदान गरिन्छ । यस अभूतपूर्व जमघटको अवसरमा ती परिवर्तनकारी संस्था तथा व्यक्तिलाई देशका प्रतिष्ठित नागरिकले प्रत्यक्ष भेटी उनीहरूको अनुभव सुन्ने मात्र होइन थप उत्प्रेरणा र कामका लागि सम्भावनाको बाटोसमेत खोल्न सक्छन् ।
 

नागरिकबाटै बन्छन् नायक

आफू वरपर ससानो समुदायमा गरेका ससाना कामले ठूलो प्रभाव पारिरहेको हुन्छ । यस्ता कुनै व्यक्ति वा संस्थालाई चिन्नु हुन्छ ? परिवर्तनकारी त्यस्ता कुनै व्यक्ति वा संस्थालाई समाजबाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भने आउनुहोस्, तिनका कामको सराहना गर्दै त्यस्ता नारी वा पुरूष मात्र होइन संस्थालाई समेत नागरिक नायक बनाउन भूमिका खेल्नुहोस् । त्यस्ता संस्था व व्यक्तिलाई नागरिक नायक अवार्ड दिलाउन मनोनयन गरी हामीलाई सहयोग गर्नुहोस् ।

नागरिक नायक मनोनयन फारम

फारम भर्न यहाँ क्लिक गर्नुहोस्:

अथवा फारम डाउनलोड गर्नुहोस, भर्नुहोस् र पठाउनुहोस् :

Download

nagariknayak@nagariknews.com

नेपाल रिपब्लिक मिडिया प्रा लि  
जेडिए कोम्प्लेक्स, बागदरबार
काठमाडौं
पिओ  बक्स १९३००
नेपाल

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र...

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...