१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चलान माग्दै उखु किसान आन्दोलित

बारा- चिनी मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा किसानहरुबाट उखु खरिद गर्न चलान नदिएको भन्दै किसानहरु आन्दोलित बनेका छन्।

आन्दोलित बनेका किसानहरुले कलैया उपमहानगरपालिका २४ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिमा चलानको माग गर्दै शुक्रवार चिनी मिल घेराउ गरेका छन्।

बारा, पर्साका किसानहरुलाई सरकारले तोकेको उखुको मुल्यमा उखु खरिद गर्नको लागि चलान नदिने गरेको तर कम मुल्यमा रौतहट र सीमा नजिकै भारतीय भूभागबाट उखु गरिद गरी ल्याएका उखुलाई क्रसिङ्ग गरी रहेको भन्दै चिनी मिल घेराउ गर्न आएका किसानहरुले आरोप लगाएका छन्।

सरकारले चालु आर्थिक बर्षको लागि उखुको मुल्य पाँच सय ३१ रुपैयाँ प्रति क्विन्टल निर्धारण गरे पनि किसानहरुलाई बाध्य पारेर बारा, श्रीपुरको रिलायन्स चिनी मिलले चलान नदिर किसानहरुबाट चार सय ३० देखी चार सय ५० रुपैयाँमै उखु खरीद गरी कालो बजारी गरी रहेकोले चिनी मिल घेराउ गर्न पुगेको उखु किसान बिक्रम राउतले बताए।

बारा, पर्सा उखुबाली लगाएका किसानहरुलाई सरकारले निर्धारण गरेको मूल्य तिर्नु पर्छ, भनी चिनी मिलले किसानहरुलाई उखु बिक्री गर्नको लागी चलान नै उपल्बध नगराई  रौतहट र भारतीय किसानहरुबाट प्रति क्वीन्टल ८० देखी सय रुपैयाँ प्रति क्विन्ट सस्तोमा  उखु खरिद गरि ल्याउदा हाम्रो उखु खेतमै सुक्ने अवस्था आएको राउतले बताए।

चिनी मिलले चलान समयमै उपल्बध नगराउँदा खेतमा लगानी गरेर चिनी मिलहरुलाई बिक्री गर्नको लागी त्यारी गरिएको उखुबाली समयमै चिनी मिललाई बिक्री नसक्दा लगानी नै उठन नसकिने डरले समेत रहेको उनले बताए।

रिलायन्स चिनी मिलका संचालक राजकुमार अग्रवालले नै उधोगका कर्मचरीहरु मनोज पौदार, ओमप्रकाश शुक्ला लगायतका कर्मचारीहरुलाई रकम उपल्बध गराएर बिभिन्न माध्यमले किसानहरुबाट नगदमै उखु खरिद गरी मिलमा ल्याउने गर्दा चलान नपाएर हजारौको संख्यामा रहेका किसानहरु समस्यामा परेका बताइएको छ।

यसरी चिनी मिलले कालो बजारी गरी सस्तोमा उखु खरिद गरी क्रसिङ्ग गरी रहेको कारणले सरकारले निर्धारण गरेको मुल्यमा उखु बिक्री गर्ने किसानहरुलाई समेत मिलले चलान उपल्बध गराउनमा समेत आलटाल गर्ने गरे पछि बारा, पर्साका किसानहरु आन्दोलित बनेका छन्।

उखु उत्पादक महासंघ बाराका सहसचिव गोरख यादवले रिलायन्स चिनी मिलले धेरै किसानहरुबाट सरकारले निर्धारण गरेको मुल्यमा उखु खरिद गर्नको लागि चलान दिन आलटाल गरेको आरोप लगाएका छन्।

चिनी मिलले किसानहरुबाट उखु  खरिद गर्नेको लागी उपल्बध गराउने चलान बितरण आलटाल गरेपछि धेरै किसानहरु बाध्य भएर सस्तो मै उखु बिक्री गर्ने गरेको किसानहरुबाट गुनासो आएको सहसचिव यादवले बताए।

बारा पर्साका दुई हजार किसानहरुको खेतमै अहिले छ लाख क्वीन्टल भन्दा बढी उखु रहेको र ती उखुलाई समयमै चिनी मिलले खरिद गर्नमा आलटाल गरि रहेको यादवले बताए।

मिलले सस्तोमै नगदबाट रौतहट र सिमावर्ती भारतीयहरुबाट खरिद गरेको कार्यको उद्योग सञ्चालक र कर्मचारी समक्ष बिरोध समेत जनाएको यादवले बताए।

रिलायन्स चिनी मिलका उखु प्रबन्धक ओमप्रकाश शुक्लाले चिनी मिल चलानका लागि चिनी मिल घेराउ गर्न आएको किसानहरुलाई चलान दिने प्रतिबद्धता जनाएको किसानहरुले बताएका छन्। शुक्लाले बाहिरबाट आयात गरिने उखुलाई बन्द गरेर बारा, पर्साको किसानहरुको मात्र उखु अगामी दिनमा खरिद गर्ने बताएका छन् ।

चिनी मिललाई चालु सिजनमा लक्ष्य अनुसार २७ लाख क्वीन्टल उखु क्रसिङ्ग गर्न लक्ष्य रहेको र उत्त लक्ष्य बारा, पर्साका किसानहरुले लगाएको उखुबाट पुरा गर्न अवस्था नरहेकाले बाहिर जिल्लाबाट उखु मगाइएको शुक्लाले बताए।

मिलले सिजनको शुरुमा दैनिक ३० हजार क्वीन्टल गर्ने गरेको तर गर्मी बढेपछि दैनिक २२ हजार क्वीन्टल भई रहेकाले किसानहरुले उखु लिनमा केही समस्या भएको तर्क शुक्लाले गरे।

प्रकाशित: २ चैत्र २०७४ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App