६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विप्लवको बन्दले कैलालीमा जनजीवन प्रभावित

धनगढी – विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले कैलालीको जनजीवन प्रभावित भएको छ। घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने मुद्दा दर्ता गरेको बिरोधमा नेकपाले शनिबार कैलाली जिल्ला बन्द गरेको हो।

बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने ब्यापारिक प्रतिष्ठान, उद्योग धन्दा बन्द छन्। 

गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली प्रहार गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टीकापुर नगरपालिका १ बस्ने ३० वर्षीय हृदयराज बोगटीलार्इ पक्राउ गरेको छ।

प्रकाशित: ३ चैत्र २०७४ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App