दरवारमार्ग सामूहिक बलात्कार घटनाका मुख्य आरोपी शैलेस कार्की पक्राउ

मङ्गलबार, ०६ चैत २०७४, २० : ३३ वसन्त खड्का  | @bashantkdk


काठमाडौं- दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा सामूहिक बलात्कारको घटनाका मूख्य आरोपी शैलेस कार्की पक्राउ परेका छन्। उनलाई प्रहरीले दरवारमार्गमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको दरवारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए।

प्रहरीको खोजीमा रहेका मुख्य आरोपी कार्कीलाई मंगलबार साँझ साढे पाँच बजे पक्राउ गरिएको हाे। पक्राउ परेका कार्कीलाई महानगरीय प्रहरी परिसर बुझाइ सकिएको छ। घटनामा संलग्न कार्की पक्राउ परेपनि विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल अझै फरार छन्।

माघ पहिलो साता दरबार्गस्थित होटल ल्याण्डमार्गमा प्रेमीसँगै बसेकी युवती प्रेमीसहित ४ युवाको सामूहिक बलात्कारमा परेकी थिइन्। युवतीले दरबारमार्गको प्रहरी वृतमा बलात्कृत भएको उजुरी दिएकी थिइन्। प्रहरीले मुद्दा दर्ता नगरी लेनदेनमा घटना मिलाउन खोजेपछि यो घटना बाहिरिएको थियो।

उक्त घटनाको छानविनका लागि काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन समिति गठन भएको थियो।

आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका तत्कालिन डीएसपी तिलक भारती छानविनका क्रममा प्रहरी परिसर काठमाडौं तानिएका थिए। उक्त घटनामा संलग्न प्रहरी निरीक्षक लक्ष्मण ठकुरी घटनासँगै मुछिएका वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...

‘गर्भवती भएझैं महसुस भएको छ’

‘गर्भवती भएझैं महसुस भएको छ’

म्युजिक भिडियो हुँदै ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’बाट पूर्ण निर्माताको रुपमा अगाडि आउँदैछिन्। त्यसो त ‘लभ...

जापानमा साकुरा नाइट

जापानमा साकुरा नाइट

अघिल्ला वर्षझैं यो वर्ष पनि जापानको साकुरा सहरमा ‘साकुरा नाइट’ हुने भएको छ। दुई संस्करण जापानमा भइसकेको यो कार्यक्रम यसपटक...