१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१ सय दलित विद्यार्थीले पाए छात्रवृत्ति

जाजरकोट – जाजरकोटका बिभिन्न विद्यालय र क्याम्पसहरूमा अध्ययनरत १ सय दलित विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्। 

राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाका १ सय दलित बाल बालिकाहरूलाइ एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति रकम वितरण गरेको हो। जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको सहयोगका लागि उक्त छात्रवृत्ति वितरण गरिएको संघका अध्यक्ष मानबहादुर सुनारले बताए।

अमेरीकी नागरिक एनसेली रोज म्याक क्रोम्याकले नेपालका बिपन्न दलित बाल बालिकाहरूका लागि स्थापना गरेको १० लाख अमेरीकी डलर राशिको कोषबाट प्राप्त ब्याजको रकमबाट उक्त छात्रवृत्ति वितरण गरिएको संघका अध्यक्ष सुनारले बताए।

मंगलबार सदरमुकाम खलंगामा आयोजित विशेष कार्यक्रमकाबीच दलित बाल बालिकाहरूलाइ जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह,नेपाल पत्रकार महासंघ जाजरकोटका सल्लाहकार जनक केसी  र संस्थाका अध्यक्ष मानबहादुर सुनारले छात्रवृत्ति रकम तथा वार्षिक रुपमा विद्यालयहरुमा अनुशासित व्यवहार देखाएका र परीक्षामा उत्कृष्ट नतिजा ल्याएका दलित विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरे।

प्रकाशित: ७ चैत्र २०७४ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App