नगरपालिकाको प्रशासकीय प्रमुखको मासिक सुविधा दुई लाख

बिहिबार, ०८ चैत २०७४, २० : ४१ मदन ठाकुर


रौतहट – रौतहटको एउटा नगरपालिकाको प्रशासकीय प्रमुखले मासिक दुई लाख रुपैयाको सुविधा लिइरहेको देखिएको छ। गढीमाई नगरपालिकाका प्रशासकीय प्रमुख नरबहादुर विकले नगरपालिकाबाट मासिक दुई लाख रुपैया बराबरको सुविधा लिइरहेको देखिएको छ।

प्रशासकीय प्रमुख आफू उपसचिव भएकोले उपसचिव सरहको सुविधा दाबी गर्दै नगरपालिकाबाट आफूले लिएको सुविधा कुनै बढी नभएको बताउँछन्। विकले नगरपालिकाबाट घरभाडा २० हजार, इनधन ३० हजार, गाडी भाडा १ लाख २० हजार रुपैया लगायतको सुविधा लिइरहेका छन्। साथै विकले भान्छे सुविधा लगायतको अन्य खर्चमा समेत गरी मासिक दुई लाख रुपैया नगरपालिकाबाट लिइरहेका छन्।

नगर उपप्रमुख शुभद्रा गुप्तालाई भने यातायात सुविधा दिइएको छैन। “आफू पैदल हिँड्ने तर प्रशासकीय प्रमुख विकले भने मासिक दुई लाख सुविधा लिइरहेका छन्” उपप्रमुख गुप्ताको गुनासो छ। गुप्ताले नगरपालिकाबाट अत्यधिक सुविधा लिइरहेको बताउँदै गृह मन्त्रालयमा काम गरिसकेकोले सोही मोताबिकको सुविधा दाबी गर्दै आएको बताउँछन्।

प्रशासकीय विकले नगरपालिकाको कार्यालयबाट ३० किलोमिटर टाढा चन्द्रपुर बजारमा घरभाडामा लिएर बसेका छन्। हरेक दिन बा ३ च ६९२९ नम्बरको पजेरोबाट दिनहु आवतजावत गर्दा दैनिक १५ देखि २० लिटर डिजल सुविधा लिइरहेका छन्। प्रमुख विकले भाडामा लिएको कोठा व्यवस्थापन गर्न सोफा, दराज, किचेन सामग्री, भाँडाकुँडा, ओछ्यान लगायत किन्न नगरपालिकाबाट सबा दुई लाख रुपैया लिएको स्रोतको दाबी छ।

यसैगरी नगरपालिकाको प्रत्येक वडाध्यक्षलाई चढ्न ११ वटा पलसर मोटरसाइकल किनिएको छ। ९ वडा रहेको गढीमाई नगरपालिका वडाध्यक्षका लागि ९ र दुईवटा मोटरसाइकल कर्मचारीको लागि किनिएको स्रोतको भनाइ छ। नगरपालिकाको कर्मचारी तथा पदाधिकारीको अनुगमन र निरीक्षणको नाउँमा इनधनमा खर्च ह्वात्तै बढेको छ। नगरमा अनुगमन गरेको भन्दै कर्मचारी तथा पदाधिकारीको नाउँमा डिजल र पेट्रोलको निकासा धमाधम भइरहेको छ।

अन्य नगरपालिकाका प्रशासकीय प्रमुखले मोटरसाइकल चढ्दा गढीमाई नगरपालिकाका प्रशासकीय प्रमुख पजेरो चढ्छन्। जिल्लामा अन्य कुनै पनि स्थानीय तहमा वडाध्यक्षको लागि सबारी साधन र इन्धनको सुविधा नदिइए पनि गढीमाई नगरपालिकाको वडाध्यक्ष र कर्मचारीले ठूलो सुविधा लिँदा जनगुनासो बढेको छ।

नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले भने नगरपालिकाबाट कुनै निर्णय नभए पनि प्रशासकीय प्रमुखले सुविधा लिएको स्वीकार गरेका छन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र...

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...