देश माओवादीको जिम्मामा : दाहाल
०८ वैशाख २०७०
•
६ मिनेट पाठ
देश माओवादीको जिम्मामा : दाहाल
काठमाडौं, वैशाख ९ (नागरिक) - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दल मुलुकको संस्थापन पक्ष भएको बताएका छन्। चीन भ्रमणबाट फर्केको भोलिपल्ट आइतबार दाहालले देश माओवादीको जिम्मामा रहेको तर्क गरे।




विगतमा कांग्रेस राजसंस्थाको आडमा संस्थापन पक्ष बनेको तर, राजसंस्था समाप्त भएकाले अब त्यसो हुन नसक्ने उनको तर्क छ। यसअघि राजसंस्थाले देशको जिम्मा लिएकाले अब माओवादीको जिम्मामा आएको उनले बताए।
भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकमा दाहालले देशको जिम्मा माओवादीको हातमा आएको बताएका हुन्। 'हिजोसम्म राजसंस्थाको जिम्मामा थियो देश। त्यसैको आडमा कांग्रेस संस्थापन भएको हो। अब, त्यो स्थिति छैन। देशको जिम्मेवारी हाम्रो हातमा आएको छ,' दाहालले भने।
विद्यार्थीलाई आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा केन्द्रित हुन निर्देशन दिँदै दाहालले भने, 'देश हाम्रो जिम्मामा भएकाले विद्यार्थीले त्यहीअनुसार भूमिका खेल्नुपर्छ। आगामी संविधानसभा चुनावका लागि स्ववियु चुनावमा दुईतिहाइ जित्ने गरी लाग्नुहोस्।' स्ववियु निर्वाचन आगामी जेठ १३ गते हुँदैछ।
मुलुकलाई सक्षम र दीर्घकालीन नेतृत्व दिन सक्षम एकीकृत माओवादीमात्र भएको उनले दाबी गरे। एकीकृत माओवादीको शीर्ष नेतृत्वको हैसियतले चीन भ्रमण सफल भएको उल्लेख गर्दै दाहालले थपे, 'भ्रमणले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ।'
संधिानसभा निर्वाचनले मुलुकको भाग्य र भविष्यको फैसला गर्ने दाहालले बताए। हेटौंडा महाधिवेशनले लिएको कार्यदिशालाई चीनले चासोका साथ हेरेको उनले बताए। 'चिनियाँ पक्षले हेटौंडा महाधिवेशनले लिएको लाइनलाई अभिरुचिपूर्वक सोध्यो। हामीले लिएको नीतिबाट चिनियाँ राष्ट्रपति प्रभावित भए,' दाहालले भने।
आफूले लगत्तै भारत भ्रमण गर्न लागेकाले नेपालमा लगानी गर्न त्रिदेशीय सम्बन्ध अघि बढाउने उनले बताए। 'तुरुन्तै भारत भ्रमण गरिन्छ। त्यसपछि तीन देशको सम्बन्धबारे थप नयाँ योजना बन्नेछन्,' उनले भने, 'चीनलाई १० हजार मेघावाट हाइड्रोपावरमा लगानी गर्न प्रस्ताव गरेको छु। त्यो प्रस्तावमा दुई छिमेकी देशलाई संयुक्त लगानी गर्न आग्रह गर्छु। भारतसँग पनि त्यो प्रस्ताव राख्छु।'
नेपाल चीनभन्दा आर्थिक अवस्थाम समृद्ध भएमात्र चीनविरोधी आन्दोलन रोकिने प्रस्ताव चिनियाँ राष्ट्रपति सी जिनपिङसामु राखेको दाहालले बताए। नेपाललाई आर्थिक समृद्ध बनाउन लगानी गर्नुपर्ने प्रस्ताव राखिएको उनले बताए।
मोहन वैद्य नेतृत्वको माओवादी र एमालेको ठूलो शक्ति आफ्नो पार्टी प्रवेश गर्ने तयारीमा रहेकाले चुनावी माहोल एकीकृत माओवादीका पक्षमा देखिएको उनले बताए। माओवादीले जित्ने अवस्था आएपछि कांग्रेस, एमाले मंसिरमा चुनाव नगराउने पक्षमा देखिएको दाहालको दाबी छ।
'चुनावका लागि पूरै तयारीमा लाग्नुपर्छ। चुनाव नभए चुनाव गराउने दबाब आन्दोलनमा होमिने हो,' दाहालले भने, 'माओवादी हावी हुने भयो भने कांग्रेस/एमालेले चुनाव चाहँदैन।' विचार, मुद्दा माओवादीको भएकाले चुनाव सहज हुने उनले बताए।
क्रान्तिकारी केन्द्रीय समिति बैठकले देशभरका क्याम्पसमा इन्चार्ज खटाएको छ। सबै क्याम्पसमा केन्द्रीय सदस्यहरूलाई इन्चार्ज बनाएर पठाइएको छ। देशभर क्याम्पसको रिपोर्टिङअनुसार नयाँ रणनीति तय गरेको क्रान्तिकारी अध्यक्ष हिमाल शर्माले बताए। बैठकले देशभरका क्याम्पसमा सभापति उम्मेदवार चयन गरेको छ।
पत्रकार सम्मेलनमार्फत नाम सार्वजनिक गरिने शर्माले बताए। 'देशभरको रिपोर्टिङ भयो। त्यसैका आधारमा रणनीति तय गर्यौंम। सबै क्याम्पसमा अरु जिम्मेवारीबाट हटाएर केन्द्रीय सदस्यलाई इन्चार्ज बनाएर पठायौं,' शर्माले भने। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सचिव बनेकी मानुषी यमीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस