१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फष्टलुकमा सौगातको ‘हैरान’

काठमाडौं – आगामी जेठ ४ गते रिलिज हुने फिल्म ‘हैरान’को फष्टलुक सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच फिल्म युनिटले फष्टलुक सार्वजनिक गरेका हुन्।

फिल्म ‘लभ यु बाबा’को निर्देशन गरेर विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका सौगात विष्टको यो दोस्रो फिल्म हो । कार्यक्रममा अभिनेता सरोज खनालले कान्छा निर्देशकको फिल्ममा काम गर्न पाउँदा गर्व लागेको बताए । ‘यति सानो मान्छेले कसरी फिल्म निर्देशन गरेर गिनिजमा नाम लेखाए होलान् भन्ने लागेको थियो ।

तर आफैले अभिनय गरेपछि उनी राम्रो काम गर्दा रहेछन् भन्ने लाग्यो,’उनले भने,‘फिल्ममा मनोरञ्जनसँगै सन्देश पनि छ । आजका युवा बेरोजगारी समस्याले कसरी हैरान छन् भन्ने कुरालाई फिल्मले देखाएको छ।’

फिल्मकी नायिका निष्मा घिमिरेले फिल्म निर्माण गर्दा धेरै हैरानी पाए पनि दर्शकले मनोरञ्जनपूर्ण फिल्म हेर्न पाउने दाबी गरिन् । निर्देशक सौगात विष्टले आफूले गिनिजकै हौसलाले फिल्म बनाएको बताए । ‘मलाई एक्सन र सस्पेन्स फिल्म निकै मनपर्छ । त्यसकारण यो फिल्ममा एक्सन, कमेडीसँगै सस्पेन्स पनि राखेको छु,’उनले भने,‘फिल्म पूर्णतया पारिवारिक कथाको रहेकाले दर्शकका लागि रुचीकर हुनेछ।’

फिल्ममा सरोजसँगै सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ‘बले’, निश्मा घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, वसिम राजा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मीलगायतको अभिनय छ ।
डान्स फिभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाइएल लामा निर्माता छन् भने सम्झना पोखरेल कार्यकारी निर्माता छिन्।

फिल्ममा गम्भीर बिस्टको कथा तथा कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, प्रितम पाण्डेको सम्पादन र नवराज उप्रेती तथा निरज कँडेलको छायांकन छ ।
 

प्रकाशित: २१ चैत्र २०७४ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App