१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तीन जिल्लाको विजयी सुरुवात

खाँदबारी– संखुवासभाको खाँदबारीमा सुरु भएको दोस्रो रेजिना कप पुरुष भलिबल प्रतियोगितामा तीन जिल्लाले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको उद्घाटन खेलमा आयोजक सूर्य बोर्डिङ स्कुललाई सुनसरीले हराएको हो। अर्को खेलमा झापालार्इ पछि पार्दै मोरङले विजयी सुरुवात गरेको छ भने उदयपुर र संखुवासभाबीचको खेलमा संखुवासभाले विजयी हासिल गरेको छ।

सूर्य बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगितामा ९ जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताका विजयीले १ लाख नगदसहित १ सय १० तोला चाँदीको शिल्ड, ३ तोला चाँदीको मेडल पाउने छन्। दोस्रो हुनेले नगद ५० हजार र जनही २ तोला चाँदीको मेडल र तृतीय हुनेले नगद ३० हजार र १ तोला चाँदीको मेडल पाउने बोर्डिङका प्रिन्सिपल तीर्थराज पन्तले बताए। 

रेजिना कप हरेक २–२ वर्षमा आयोजना हुँदै आएको छ। २०५६ र ५७ सालमा अन्तर क्लबस्तरीय हुँदै आएको प्रतियोगिता पछिल्लो समय पूर्वाञ्चलस्तरीय बनेको थियो। संघिय संरचना अनुसार यो वर्ष प्रदेश नं १ स्तरीय प्रतियोगिता गरिएको पन्तले बताए। प्रदेश नं. १ मा सञ्चालन हुने प्रतियोगिताहरु मध्ये निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो प्रतियोगिता भएको जिल्ला भलिबल संघका अध्यक्ष एवं राष्ट्रिय रेफ्रि मेदिनी घिमिरेले बताए। प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने छ।

प्रकाशित: २७ चैत्र २०७४ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App