१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानलाई फलफुल प्रशोधन तालिम

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानलाई १५ दिने फलफूल प्रशोधन तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा गाउँपालिकाका १३ किसानलाई सुन्तला, अमला, अदुवा, गोलभेंडा, फर्सी, भुईंस्याउ, कुभिण्डो प्रशोधन तालिम दिइएको हो।

गाउँपालिकाभित्र उत्पादित फलफूल प्रशोधन गर्दै विभिन्न परिकार तयार पारेर स्वरोजगार बनाउनका लागि गाउँपालिकाको संयोजनमा प्रशोधन तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

गाउँपालिका केन्द्र याङसोलाटारमा आयोजित तालिममा सहभागी किसानलाई सुन्तलाको सर्वत, जाम र क्यान्डी, भुई स्याउको सर्वत, वाइन, क्यान्डी र जाम, अदुवाको क्यान्डी, सर्वत र अचार, गोलभेंडा र फर्सीको सस, गोलभेंडाको अचार, अमलाको क्यान्डीलगायत परिकार बनाउने सीप सिकाइएको छ।

गाउँपालिकामा पर्याप्त मात्रामा उत्पादन भएपनि खेर गइरहेका फलफूल प्रशोधन गर्दै किसानलाई व्यावसायिक बनाउन तालिम आयोजना गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । उक्त तालिम लगत्तै फलफूलबाट उत्पादित परिकारको मूल्य निर्धारण गरिएको छ।

जाम प्रतिबट्टा १ सय ४०, सुन्तला र भुइस्याउको जाम प्रतिबट्टा १ सय ३०, सर्वत प्रतिबोतल १ सय, अदुवाको अचार प्रतिबट्टा १ सय, भुई स्याउको सर्वत प्रतिबोतल १ सय, अमलाको अचार प्रतिबट्टा १ सय रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ३ वैशाख २०७५ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App