१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रोडा उद्योगमा आगजनी

फोटो सौजन्यः सुरक्षा निकाय

बनेपा– नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेसिनरी तथा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ।

प्रहरीका अनुसार शुक्रबार राती रोशीखोला कटुन्जेवेंशीस्थित उद्योगमा पार्किङ गरिएको एक थान ब्याक हो लोडर, एक थान जेनेरेटर र चारवटा टिपर आगजनीबाट पूर्ण क्षति भएको छ । त्यस्तै, क्रसर मेसिनमा बमबाट क्षति गराइएको छ । सोही स्थानमा रहेका पाचवटा टिपरका सिसा फुटाएर क्षति पुर्‍याइएको छ।

आगजनीबाट बा४ख २९००, बा५ख ३२८६, बा५ख ३२८८ र बा२क ३२४४ नम्बरका टिपर पूर्ण क्षति भएका छन् । यीमध्ये तीनवटा टिपर कम्पनीकै नाममा दर्ता भई खानीदेखि उद्योगसम्म कच्चा सामान ढुवानीमा प्रयोग हुँदै आएका थिए । यस्तै, बा२क ४७८९, बा२क ३२४५, बा४ख ५१३२ र बा४ख २९०१ नम्बरका टिपरका सिसा फुटाइएको अवस्थामा रहेको छ।त्यस्तै, उद्योगबाट केही दूरीको खानीस्थलमा रहेका दुईवटा एक्साभेटर पनि आगजनीबाट पूर्ण क्षति भएका छन् । चैत ३० गते साँझ एक्साभेटर अपरेटर र टिपर चालक नयाँ वर्ष मनाउने भनि हिँडेको बुझिएको छ।

साविक खनालथोक–१ का कुन्साङ लामा र धापाखेल–४ का बालमुकुन्द अधिकारीको नाममा दर्ता रहेको सो क्रसर उद्योग २०६६ देखि सञ्चालनमा आएको हो । ‘सबै क्रसिङ मेसिनरी, हेभी इक्विपमेन्ट, जेनेरेटर तथा टिपर गरी अन्दाजी १० करोड रुपैयाँबराबरको क्षति भएको छ,’ उद्योग सञ्चालक लामाले भने।

आगजनीसँगै क्रसर उद्योग र मेसिनरीमा राखिएका ३ थान कुकर बम पनि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । घटनास्थलबाट फर्किएका काभ्रेका एसपी सहकुलबहादुर थापाले घटनामा संलग्नको प्रारम्भिक पहिचान भएकाले थप अनुसन्धान हुँदै रहेको बताए । घटना भएको उद्योगबाट ५ सय मिटरको दूरीको कटुन्जेबजारमा प्रहरी चौकी रहेको छ।

 

प्रकाशित: ३ वैशाख २०७५ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App