१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

सोमबार, ०३ बैशाख २०७५, २१ : ०९ नागरिक


सोलुखुम्बु- समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। 

बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। 

पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। विमानमा १८ विदेशी सवार थिए। विमानमा सामान्य क्षति पुगेपछि काठमाडाैंबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौँ फर्किएको छ। 

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ। प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ। धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र...

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...