१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोल्याण्ड पठाइदिने भन्दै ठगी

खोटाङ – पोल्याण्ड पठाइदिने बाहनामा नक्कली एजेन्टले खोटाङका युवालाई ठगेका छन्। पोल्याण्ड पठाइदिने भन्दै १ लाख लिएका सिन्धुलीका एजेन्ट सरनबहादुर राई बेपत्ता भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सागर तामाङ गठिएका हुन्। काठमाडौं बसुन्धारास्थित डेल्टा इम्प्लोइमेण्ट सर्भिस मेनपावरको बजार व्यवस्थापकको परिचय दिएर गत भदौभित्र पोल्याण्ड उँडाउने भन्दै रकम लिएका सरनबहादुर बेपत्ता हुँदा तामाङको एक लाख डुबेको छ।

पैसा लिएको वर्ष दिनसम्म पनि पोल्याण्ड नपठाएपछि डेल्टा इम्प्लोइमेण्ट सर्भिस मेनपावरमा पुगेर सोधखोज गर्दा सरनबहादुर सो मेनपावरसँग सम्बन्धित नरहेको जवाफ मिलेको जनाइएको छ। मेनपावर समक्ष गुनासो राख्दा मेनपावर सञ्चालकले ‘सरनबहादुरलाई नचिन्ने र कुनै सम्बन्ध नभएको’ जवाफ दिएको तामाङले बताए। सरनबहादुर दुबई पुगेको फेसबुकबाट खुलेको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App