१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

नवलपरासी – पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन्।

पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन्। ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन।

गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ। लामो समयसम्म गुइँठाको प्रयोग गरी खाना पकाउँदा धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने चिसापानी अस्पतालका डा मोहम्मद नुरुल होदा बताउछन्।

“धुवाँले आँखा र श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउँछ,” उनले भने। अस्पतालमा उपचारका लागि अधिकांश गृहिणी महिला आउने गरेका छन्।

गोबरलाई गुइँठा बनाएर खाना पकाउने काममा प्रयोग गर्दा मलको अभाव हुने गरेको छ। मलको अभावले खाद्यान्न संकटको खतरा निम्तिने डर छ। गोबरले माटोको उर्वरा शक्तिलाई स्थायित्व दिन्छ।

ग्रामीण भेगका किसानका घरमा गोबरलाई मलका रुपमा प्रयोग गर्ने चलन गुइँठाकै कारण कम भएको छ। सरकारले सुधारिएको चुलो, गोबरग्यास र अनुदानमा ग्यास वितरणजस्ता कार्यक्रम ल्याए मात्र गुइँठाको प्रयोग रोकिने अवस्था छ।   (रासस)

प्रकाशित: ४ वैशाख २०७५ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App