१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी ‘ए’ सेमिफाइनलमा

काठमाडौं – नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको समूह ‘ए’ को लिगमा आर्मी ‘ए’ ले बुढानीलकण्ठलाई १०७–७७ को स्कोरले पराजित गर्दै समूह विजेता बन्यो । आर्मीको जितमा रविन खत्रीले २६ स्कोर गरे।

पहिलो क्वार्टरमा २७–१७ को अग्रता लिएको आर्मीले दोस्रो क्वार्टरमा भने १८–२३ ले पछि पर्यो । आर्मीले तेस्रो क्वार्टरमा ३५–१५ र चौथोमा २७–२२ स्कोरको  अग्रता लिँदै नतिजा आफ्नो पक्षमा पारेको हो।

मंगलबारै सम्पन्न अर्को खेलमा आर्मी ‘बी’ र साउथ साइडर्सले पनि विजयी नतिजा निकालेका छन् । आर्मी ‘बी’ ले एसडिसी हाउन्ड्सलाई ९०–८८ को स्कोरमा पराजित गरेको हो।

आर्मी ‘बी’ का रामकृष्ण गोतामेले २१ स्कोर गरे । त्यस्तै साउथ साइडर्सले आयोजक नेकोसमाथि ५२–५१ स्कोरको जित निकाल्यो ।  साउथ साइडर्सका मीनेश श्रेष्ठको १० स्कोर गरे।

प्रकाशित: ५ वैशाख २०७५ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App