१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

जयपुर- राजस्थान रोयल्सलाई उसकै घरेलु मैदानमा हराउँदै कोलकाता नाइड राइडर्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। 

बुधबार राति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानलाई हराउँदै कोलकाता ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। समान ६ अंक भएको सनराइजर्स हैदरावाद रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ।

घरेलु मैदानमा टस हारेर व्याटिंगको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनायो। १६१ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले ७ बल बाँकी छँदै ३ विकेटको क्षतिमा पुरा गर्यो। 

कोलकाताका लागि रोबिन उथप्पाले सर्वाधिक ४८ रन बनाए। ६ चौका र २ छक्का प्रहार गरेका रोबिनले ३६ बल खेले।
कप्तान दिनेश कार्तिकले नटआउट ४२ रन बनाए। २७ बलमा २ चौका १ छक्का प्रहार गरेका दिनेश ४२ रनमा अविजित रहे। सुनील नरिनले २५ बलमा ५ चौका र १ छक्कासहित ३५ रन जोड्दा नितिश राना ३५ रनमा अविजित रहे। २७ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। 

बलिङतर्फ कृष्णप्पा गोथमले २ विकेट लिए। 

यसअघि घरेलु मैदानमा पहिले व्याटिंग गरेको राजस्थान रोयल्स १६० रनमा समेटियो। राजस्थानका लागि डार्सी सर्टले सर्वाधिक ४४ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। अजिक्य रहाणेले ३६ रन जोडे। १९ बल खेलेका उनी ५ चौका र १ छक्कासहित आउट भए।

जोस बटलरले नटआउट २४ रन बनाए। उनले १८ बल खेल्दै २ चौका प्रहार गरे। राहुल त्रिपाठी १५ रनमा समेटिदा बेन स्टोक्स १४ र कृष्णप्पा गोथम १२ रनमा आउट भए। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ नितिश राना र टम कुरेनले २–२ विकेट लिए। पियुष चावला, कुलदीप यादव र शिवम मावीले समान १ विकेट लिए।

प्रकाशित: ५ वैशाख २०७५ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App