१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहले स्वयंसेवक खटाउने

काठमाडौं – अव स्थानीय तहमा प्राविधिक कर्मचारी आवश्यक भए स्थानीय तहले प्राविधिक शिक्षा पढेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा लिने भएका छन्। मन्त्रीपरिषदले हालै स्विकृत गरेको स्थानीय तहमा सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ मा स्थानीय तहले प्राविधिक कर्मचारी अपर्याप्त भएको खण्डमा इन्टर्न वा स्वयंसेवक परिचालन गर्न सक्ने व्यवस्था गरेको हो।

मन्त्रीपरिषदको यो निर्णयसँगै अव ७ सय ५३ वटै स्थानीय तहले आफुलाई प्राविधिक जनशक्तिको आवश्यकता विश्वविद्यालयबाट तोकिएको शैक्षिक उपाधी हासिल गरेका वा अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा लिन सक्नेछन्। तर यसरी इन्टर्न वा स्वयंसेवक लिँदा एकजनालाई बढीमा तीन महिनाभन्दा बढी लिन नपाइने उल्लेख छ। ‘स्थानीय तहले प्राविधिक कर्मचारी अपर्याप्त भएको अवस्थामा अवधी र कार्य शर्त तोकी सम्वन्धित विश्वविद्यालयसँग समन्वय गरि इन्टर्न तथा स्वयंसेवक परिचालन गर्न सक्नेछ,’ मन्त्रीपरिषदले पारित गरेको स्थानीय तहमा सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ मा भनिएको छ ‘यसरी इन्टर्न वा स्वयंसेवकको अवधी तोक्दा एक व्यक्तिका लागि एक बर्षमा तीन महिनाभन्दा बढी तोकिनेछैन।’

पछिल्लो समय एकातिर प्राविधिक विषय पढेका व्यक्ति खाली हुने अर्काेतर्फ सामान्य प्राविधिक सहायताको अभावमा पनि सरकारी काम प्रभावित भएपछि सरकारले प्राविधिक विषय पढेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा खटाउन सक्ने व्यवस्था गरेको हो। यस व्यवस्था अनुसार स्थानीय तहले विश्वविद्यालयसँग समन्वय वा सम्झौता गरि कुन कुन प्राविधिक कति संख्यामा खटाउने भन्ने विषयमा सम्झौता गर्नेछन्। सोही अनुसार नियमित अध्ययनको क्रममा हुने इन्टर्नसीप वा अध्ययन पश्चात स्वयंसेवकको रुपमा विद्यार्थी खटनेछन्। इन्र्टन वा स्वयंसेवकले कुन कुन काम गर्ने भन्ने शर्त स्थानीय तहलेनै तोक्नेछ। जस अनुसार इन्जीनियर, कृषी प्राविधिक, पशु प्राविधिक, स्वास्थ्य प्राविधिक, सूचना प्रविधि, बन लगायतका प्राविधिकहरु पर्छन्।

प्रकाशित: ६ वैशाख २०७५ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App