१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘लिलिबिली’लाई चार करोड

काठमाडौं– नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित प्रेमकथाको फिल्म ‘लिलि बिली’को पाँच दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्म निर्माण पक्षले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत चैत ३० गते रिलिज फिल्मले पाँच दिनमा ४ करोड ५ हजारको ग्रस कलेक्सन गरेको छ।

निर्माता गोविन्द शाहीले तीन साता अघिबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ र अन्य दुई नेपाली फिल्मसँग जुध्दा पनि फिल्मले सोचे भन्दा राम्रो व्यापार गरेको बताए । ‘मंगलबारसम्म मुलुकका सबै हलको हिसाब जोड्दा फिल्मको व्यापार ४ करोड ५ हजार  देखियो । यसले पहिलो साता करिब ४ करोड ७५ लाख व्यापार गर्नेमा हामी ढुक्क छौं,’ निर्माता शाहीले भने ।
गोविन्दले आफ्नो फिल्म देशभरका ९६ हलमा प्रदर्शन भइरहेको दाबी गरे।

उनका अनुसार फिल्मको मल्टिप्लेक्समा सो थपिइरहेको छ । फिल्म नेपालसहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायाँकन गरिएको छ।निर्देशक मिलन चाम्सले फिल्मले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आपूmहरु विश्वस्त रहेको बताए । फिल्ममा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, धुव्र दत्तलगायतको अभिनय छ । फिल्ममा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको लगानी छ।
 

प्रकाशित: ६ वैशाख २०७५ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App