१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो मलिन्डो एयरको जहाज

काठमाडाैं – काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएकोा छ। १३९ जना यात्रु बोकेर उड्ने तयारीमा रहेको जहाज भित्र ककपिटमा अलार्म बज्दा रोक्न खाोज्दा धावनमार्गबाट चिप्लियर सय फिट पर दक्षिणतर्फको घासेमैदानमा गाडिन पुगेको विमानस्थल सञ्चालन विभागका निर्देशक प्रेमनाथ ठाकुरले बताए।

जहाज बिहीबार राति १०ः०७ बजे धावनमार्गबाट चिप्लिएको हो। ठाकुरका अनुसार जहाजको अगाडिको भााग जमिनमा जोतिएको छ।  जहाजमा सवार चालक दलका सदस्य सहित सबै यात्रु भने सकुशल छन्।

अहिले विमानस्थलको आन्तरिक तथा बाह्य उठन प्रभावित भएकाे छ। नेपाली सेना, नेपाल प्रहरी, नेपाल बावुसेवा निगम र नेपाल नाागरिक उड्डयन प्राधिकरणका कर्मचारीले मलिन्डो एयरको जहाजलाई पार्किङ क्षेत्रम लग्ने प्रयास गरिरहेको ठाकुरले बताए।

डोमेस्टिक उठन अहिले (शुक्रबार) विहान ९ बजे भित्र खोल्ने प्रयस भइरहेको बताउँदै ठाकुरले इन्टरनेस्नल उठान भने मलिन्डो एयरको जहाजलाई पार्किङ क्षेत्रमा ल्यायी सकेपछि मात्र खुल्ने बताए।

प्रकाशित: ७ वैशाख २०७५ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App