१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाेल्पामा जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

त्रिपुराकोट – हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकी छिन् । त्यस्तै घाइते हुनेमा दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका–९ का जिप चालक वीरबहादुर थापा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिए। 

घाइते थापा र बोहोराको अवस्था गम्भीर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ वैशाख २०७५ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App