१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

डोटी– डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा १६ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप शिखर नगरपालिका–३ आली गाउँमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ४० बर्षीया खिन्तुरी भुल, सोही ठाउँकै ३२ बर्षीया कटी सार्की र १४ बर्षीय बालक सुरज भुलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइते हुनेमा शिखर नगरपालिका–३ की ३५ बर्षीया सुनादेबी भुल, १६ बर्षीया सपना भुल, १५ बर्षीय कैलाश भुल, १७ बर्षीय सुरेश भुल, ३५ बर्षीया खिमा भुल, ४० बर्षीय दली भुल, १४ बर्षीय शंकर भुल, २८ बर्षीय धौली भुल, २२ बर्षीया नारु भुल, ११ बर्षीय अमृत भुल, १३ बर्षीया बासु भुल र  १५ बर्षीय अर्जुन भुल रहेका छन्। 

यस्तै शिखर नगरपालिका–६ पचनालीका २३ बर्षीया चित्रा भुल, सोही ठाउँका जीप चालक भीम भूल र उनका छोरा दुई बर्षीय अनुज भूल पनि घाइते छन्। साथै शिखर नगरपालिका–८ की झाकरी भुल पनि घाइते रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

घाइतेलाई घटनास्थलबाट उद्धार गरी दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि पु¥याईएको छ। त्यहाँ उपचार हुन नसकेका सख्त घाइते ३ जनालाई नेपालगञ्ज रेफर गरिएको छ। जसमा धौली भुल, झाकरी भुल र कैलाश भुल रहेका छन्। 

जीपमा क्षमताभन्दा बढी यात्रु सवार थिए। अर्को कारण सडक पनि रहेको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज प्रहरी नायब निरीक्षक दिल बहादुर कुँबरले बताए। उनले भने, ‘उकालोमा छोटो दुरीमा तीनवटा घुम्ती छ। जहाँबाट मोड नै पर्याप्त छैन्। त्यसैले मोड्न नसकेकाले दुर्घटना भएको देखिन्छ।’

प्रकाशित: ८ वैशाख २०७५ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App