१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हरिवन सहकारी आफ्नै भवनमा

हरिवन सहकारीको नवनिर्मित भवन। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – जिल्लास्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। हरिवन नगरपालिका–८, चापिनीस्थित नवनिर्मित भवनको मेयर गणेश प्रसाईंले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।

भवन निर्माणमा करिब ४२ लाख रुपैयाँ खर्च भएको सहकारीका कर्मचारी तिलक खतिवडाले जानकारी दिए। दुई वर्षअघि २० लाख रुपैयाँमा खरिद गरिएको एक कट्ठा जग्गामा सहकारीले नयाँ भवन निर्माण गरेको हो। तीनवटा भाडाको सटरसहित सभाहल, काउन्टर, सेफ, कार्यालय कोठासहितको भवन बनेपछि सेवा प्रदानमा सहज हुने खतिवडाले जानकारी दिए।

२०५५ मा स्थापित सहकारीमा स्थानीय सात सयभन्दा बढी सेयर सदस्य रहेका छन् भने कुल ६ करोड ६५ लाख रुपैयाँ कारोबार भइरहेको संस्थाकी अध्यक्ष कृष्णा पौडेलले जानकारी दिइन्। जिल्लास्थित अधिकांश सहकारीले घर वा पसल पसलमा पुगेर दैनिक बचत संकलन गर्ने र चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको गुनासो आउने गरेपनि हरिवन सहकारीले भने सुरुदेखि नै मासिक बचत एवं सेयर रकम वृद्धिमै बढी जोड दिएको संस्थाले जनाएको छ। जिल्लामा करिब आठ सय ५० सहकारी संस्था रहेकामा तीन सय बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

प्रकाशित: ९ वैशाख २०७५ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App