१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भ्युसलोनी र आयुषा ‘जुनियर ब्याटल’

काठमाडौं – छैटौं संस्करणको ‘जुनियर व्याटल–२०१८’को उपाधि भ्युसलोनी सुब्बाले जितेकी छिन्। सिनियर ब्याटलअन्तर्गत आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सेन्ट मेरिज स्कुलकी भ्युसलोनीले उपाधि जितेकी हुन्।

जुनियर ब्याटलको उपाधि आफ्ना ३५ प्रतिस्पर्धीलाई पछि पार्दै पोखराको सेन्ट मार्या स्कुलकी आयुषा थापाले जितिन्। प्रतियोगितामा सिनियरबाट एसियन पब्लिक स्कुलका अबेश उराउ र सिनियरबाटै सेकेन्ड रनरअप सरस्वती बोर्डिङ स्कुलका हिमेस शाक्य घोषित भए।

मिडिया ल्याण्डले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ भिएस निकेतनकी जेनियाँ तामाङ ‘फस्ट रनर अप’ र सरस्वती बोर्डिङ स्कुलकी कुसुम राणा ‘सेकेन्ड रनरअप’ बने।

निशा पाठकले कोरियोग्राफी गरेको प्रतियोगिताको निर्णायकमा गायिका बबिता मानन्धर, व्युटिसियन सिता पाठक, संगीतकार गैरे सुरेश, अनिल शाही, अभिनेता दिक्पाल कार्की, मोडल जेनी श्रेष्ठ, सुहासिनी सिंह, किरण पन्त, गायक पुन्यम प्रधान र नृत्यकार स्वजन राजवंशी थिए।  वार्षिक परीक्षा दिएर बिदा बसेका स्कुले बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट यो प्रतियोगिता गर्दै आएको मिडिया ल्यान्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन्।

प्रकाशित: १० वैशाख २०७५ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App