१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन

बाजुरा- बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन। 

गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको छ। क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ। विमानस्थलमा अवतरण र उडान हुने तारा गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रुले सजिलै देख्ने गरेका छन्। 

गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक भएको एक जना गम्भीर घाइते भएका थिए। जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो।

दुर्घटना भएको विमानमा आगो लागेको थियो। स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए। एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि सामान बोकेर उडेको थियो। सिमीकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो। 

दुर्घटना भएको जहाज नहटाउँदा अन्य जहाजका चालकलाई समस्या हुने गरेको कोल्टीमा रहेका विभिन्न जहाज कार्यालयहरुले बताएका छन्। यता नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको बताएको छ। रासस

प्रकाशित: १० वैशाख २०७५ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App