१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

काठमाडौं– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ। वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो। 

होण्डालाई सन् १९४० मा ज्योति ग्रुपले पहिलोपटक नेपालमा भित्राएको थियो। स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि ज्योति ग्रुपकै एक भाग हो। सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेता हो। २०६८ साल जेठ २४ गते कम्पनीले आफ्नो नाम स्याकार कम्पनी लि. बाट स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिमा रुपान्तरण गरेको थियो।  

५० वर्ष पूरा गरेको अवसरमा नेपालीमाँझ खुसी छर्नको लागि होण्डाले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना ल्याएको छ। यस योजनाअन्तर्गत उपभोक्ताहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कूटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै ग्राहकहरुले स्क्र्याच कुपनमार्फत ४ हजारदेखि १ लाख सम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

सुरुवातती दिनमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार ट्रेडिङ्ग कम्पनीले वर्तमान समयमा हरेक वर्ष ६० हजार भन्दा बढी मोटरसाइकल तथा स्कूटर आयात गर्ने गरेको छ। हाल होण्डा मोटरसाइकल तथा स्कूटरहरुको नेपालभर १०० वटाभन्दा बढी आउटलेटहरु रहेको स्याकार कम्पनीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App