१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आशारामलाई जन्मकैद

नयाँदिल्ली– नाबालिका बलात्कारको आरोपमा दोषी ठहरिएका भारतीय धर्मगुरु आशारामलाई जन्मकैद सजाय भएको छ। 
बुधबार जोधपुर अदालतले बलात्कार मुद्दामा उनलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको हो। अदालतले उनका सहयोगी शिल्पी र शरतचन्द्रलाई पनि दोषी ठहर गर्दै २०–२० वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आशारामका प्रमुख सेवादार शिवा र रसोइया प्रकाशलाई भने अदालतले सफाइ दिएको छ। सन् २०१३ मा आशारामविरुद्ध युपीको शाहजहांपुरकी एक १६ वर्षीय किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। पीडितको उजुरी दर्ता गर्दै जोधपुर प्रहरीले इन्दौर आश्रमबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेको करिब ५६ महिनापछि अदालतले उनलाई दोषी ठहर गरेको हो।

प्रकाशित: १२ वैशाख २०७५ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App