१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियलको उत्कृष्ट कमब्याक, फाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।

प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियलले जर्मन क्लब बायर्न म्युनिखलाई उसैको मैदानमा २–१ ले हरायो। बायर्न म्युनिखले खेलको २८ औं मिनेटमा जोसुवा किमिचको गोलमा अग्रता लिएको थियो। तर ४४ मिनेटमा रियलका मार्सेलोले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेपनि दोस्रो हाफमा रियलले एक गोल थप्दै खेलमा संघर्षपूर्ण जित दर्ता गर्यो। स्कोको ठाउँमा मैदान प्रवेश गरेका मार्को असेन्सीयोल खेलको ५७ औं मिनेटमा गोल गरेपछि रियलले खेलमा कमब्याक गर्दे अग्रता बनाउन सफल भयो। ७१ औं मिनेटमा स्ट्राइकर रोनाल्डोले गोल गरे पनि रेफ्रीले ह्यान्ड बलको इसारा गरेपछि रियलले अग्रता बढाउने मौका गुमाएको थियो।

खेलमा बायर्न म्युनिखले ६० प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखे पनि गोल गर्न सकेन्।

च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो। लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ।
जितसँगै रियाल मड्रिडले च्याम्पियन्स लिगको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। फाइनल पुग्न बायर्न म्युनिखले अब दोस्रो लेगको खेलमा रियाल मड्रिडलाई उसैको मैदानमा कम्तिमा २ गोलको अन्तरले हराउनुपर्ने हुन्छ।

प्रकाशित: १३ वैशाख २०७५ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App