१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुकुमको सानीभेरीमा पहिलो पटक नगर प्रहरी

रुकुम – रुकुमको सानीभेरी गाउँपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको छ। गाउँपालिकाले पारिश्रमिक दिने गरी पाँच जना नगर प्रहरी नियुक्त गरिएको हो।

प्रहरीका लागि लिखित तथा मौखिक परीक्षा गराइएको थियो। नगर प्रहरीलाई गाउँपालिका भित्रको शान्ति सुरक्षामा खटाइने गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए। उनका अनुसार यसले गर्दा यहाँको शान्ति सुरक्षा चुस्तदुरुस्त हुनेछ।

यसअघि पनि नगर प्रहरीका लागि भर्ना आह्वान गरिएको थियो। तर प्राविधिक कारण नपुगेको भन्दै गाउँपालिकाले स्थगित गरेको थियो।

प्रकाशित: १७ वैशाख २०७५ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App