१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालयमा पढाउँदै ट्राफिक प्रहरी !

मैतिदेवीस्थित अल्बर्ट इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा विद्यार्थीलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी । तस्बिर : नागरिक

काठमाडौं– ट्राफिक प्रहरी भन्ने वितिकै सडकमा गाडी चेकजाँच गर्ने, सडकमा सवारीको व्यवस्थापन गर्ने बुझिन्छ। तर पछिल्लो समय ट्राफिकको परिचय यतिमै सिमित छैन्। आफूलाई थप परिस्कृत गर्दै विद्यार्थीलाई ‘क्लास’ दिने काम पनि ट्राफिक प्रहरीबाट भइरहेको छ।

विहीबार पनि ट्राफिकका केही कर्मचारी विद्यार्थीलाई पढाइरहेको भेटिए। काठमाडौंको मैतिदेवीमा रहेको निजी विद्यालय अल्बर्ट इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा महानगरीय प्रहरी महाशाखाका प्रहरी सहायक निरीक्षक सुजन श्रेष्ठ र जवान यज्ञ खड्काले विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे पढाएका हुन्।

आफ्ना विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी गराइदिन विद्यालयले आग्रह गरेपछि महाशाखाको जनचेतना शाखाबाट विहीबार विहानै ट्राफिक प्रहरीको टोली अल्बर्ट स्कुल पुगेको थियो।

विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेतना जगाउन ट्राफिक कक्षा सञ्चालन गरिएको अल्बर्ट इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिए। ‘कक्षा ६ देखि १० सम्मका १ सय भन्दा बढी विद्यार्थीले ट्राफिक नियमबारे थाहा पाए। थाहा नभएको कुरा जानकारी पाएपछि विद्यार्थी उत्साहित छन्’, उनले भने– ‘आफूले सिकेको कुरा घरमा परिवारका सदस्यसँग पनि शेयर गर्छाैं भनेका छन्।’

उनका अनुसार ट्राफिक कक्षामा जेब्राक्रस, ट्राफिक लाइटअनुसार बाटो काट्ने लगायत विभिन्न ट्राफिक नियमबारे उदारहणसहित जानकारी गराइएको थियो।

अहिले दुर्घटना न्युनिकरणको उद्देश्यसहित ट्राफिक प्रहरी पढाउन विद्यालय पुगिरहेका छन्। बढी दुर्घटना बालक र विद्यार्थीको अज्ञानता र अविवेकपनबाट हुने भएकाले ट्राफिक प्रहरीहरु विद्यालयबाटै सचेतना जगाउने प्रयासमा हिडेको ट्राफिक महाशाखाको जनचेतना शाखाका जवान यज्ञ खड्काले बताए।

प्रकाशित: २० वैशाख २०७५ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App