अनुभूति

अनि, आँखा चिम्लेर हाम फाले

शनिबार, २२ बैशाख २०७५, ०६ : ५५ शुष्मा बराली


२०७४ चैत सकिन केही दिन बाँकी रहँदा नयाँ वर्षको सेलिब्रेसन कसरी गर्ने भन्ने दोधारमा थिएँ। के गर्ने र कहाँ जाने भन्ने निक्र्याैल गर्न सकेको थिएन। अचानक मेरो दिमागमा आइडिया फुर्याे– बन्जी जम्फ गर्ने।

वैशाख उसै पनि उल्लास। वसन्त ऋतुको पालुवासँगै मनै फुरुंग हुने महिना। यही मौसम हो, मलाई पनि अत्याधिक मन पर्ने। वसन्तको सिरसिर हावासँगै उडिरहुँजस्तो लाग्ने। हावासँगै उड्ने योजना साथ वैशाख २ गते भोटेकोशीमा बन्जी जम्फ गर्ने तय गरेँ।

बन्जी जम्फले मलाई निकै उत्सुक बनाएको थियो। किनकी म पहिलोपटक बन्जी जम्फ गर्दै थिए। त्यसैले म बन्जी जम्फ गर्ने दिनको प्रतीक्षामा थिए।

यात्राको दिन बिहानै ४ बजे उठेर नित्यकर्मपश्चाद यात्रामा निस्किएँ। गाडी चढ्न लैनचौरस्थित ट्राभल्सको कार्यालयमा पुगें। बिहान ६ः३० मा लैनचौर पुगेर गाडी खोज्न थाले।

‘तपार्इँ बन्जी जम्प जानेवाला हो?’ गाडीबाट आवाज आयो। ती मानिस मतिर फर्केर ठूलो आवाजले सोध्दै थिए। उनले अरु केही भन्दै थिए। तर, मैले सबै कुरा बुझिनँ। बन्जी जम्फ मात्रै बुझे। त्यसपछि मैले हो भन्ने संकेत गरें। र, हतारहतार गाडी चढें।

जब म बन्जी गर्ने ठाउँमा उभिएँ, गाइडले भनेको कुरा सबै बिर्सिएँ । १ सय ६० मिटर उचाइबाट हाम फाल्दा मनमा भने १० रेक्टरको भूकम्प गएजस्तो भइरहेको थियो । पारि डाँडा नियाल्दा यस्तो लाग्थ्यो– म ‘स्वर्ग’ जाँदै छु । तर, तल भोटेकोशी हेर्दा लाग्थ्यो– जीवनको अन्तिम क्षण यही हो ।

पर्यटक यात्रु लेखिएको गाडी भरिभराउ देखिन्थ्यो। चालकले गाडीको स्टेरिङ घुमाए। गाडीले गति लियो। धुलिखेल, सुकुटेबीच हुँदै बस खाडिचौरतिर हुइँकिदै थियो। नदीबाट आएको चिसो हावा अनि सुसेलीको धुनमा मस्त थिएँ, म। त्यसैले पनि कुन बेला गन्तव्य पुगेको पत्तै पाइएन।

काठमाडौंबाट बिहान ६ः४० मा गुडेको बस १० बजे गन्तव्य स्थल पुगिसकेको थियो। भोटेकोसी सुसाउँदै गर्दा मेरो दिमागमा अनेक तर्कहरू चल्न थाले। कल्पनामा डुब्न रुचाउने म ती दृश्यले रमाए पनि।

त्यहिबेला चिच्याहटको आवाजले म झसंग भएँ। त्यसपछि नियाल्दा थाहा भयो, यो बन्जी जम्फमा रमाउनेहरूको आवाज रहेछ। बन्जी जम्फ गर्दा कस्तो महसुस हुन्छ भन्ने मलाई थाहा हुने कुरै भएन। बरु, त्यो दृश्य देखेर मलाई डर लाग्न थाल्यो । मैले डरलाई नियन्त्रण गर्न खोजें।

बन्जी जम्फ गर्नेहरू शरीरमा बेल्ट र डोरी बाँधेर एक सय ६० मिटर उचाइबाट हाम फाल्दै थिए।

एक हुल युवाहरू बन्जी जम्फ गर्नेहरूलाई हुटिङ गरेर प्रोत्साहन गर्दै थिए। शरीरमा बेल्ट र डोरी बाधेकी एक युवतीले फाल हालिन्। ‘ओहो! कस्तो डर लाग्दो,’ पछाडिबाट कसैको आवाज आयो। उनलाई देखेर कति खुसीले चिच्चाइरहेका थिए। तीन जना बन्जी मास्टर (बन्जी जम्फ गराउने) र एक फोटो तथा भिडिओग्राफर व्यस्त देखिन्थे।

बन्जी जम्फ गर्न स्वदेशी पर्यटक धेरै देखिन्थे। कतिका अनुहारमा डर झल्किन्थ्यो।

मनमा थोरै डर, धेरै आत्मविश्वास लिएर म बन्जीको कल्पनामा डुब्दै थिए। आवाज आयो, ‘शारीरिक समस्या, औषधी सेवन गरेका कोही भए मलाई भन्नुहोला।’

बन्जी जम्फ गर्दा यो कुरामा सचेत रहन आग्रह गर्दै थिए, बन्जी मास्टर अर्थात् गाइड। ती गाइड बन्जी र सुविङ गर्नेहरूलाई टिप्स दिँदै थिए। लगत्तै मेरो पालो आयो, जसको केही दिनदेखि म प्रतीक्षा गरिरहेको थिएँ।

भोला श्रेष्ठ, द लास्ट रिसोर्टका बन्जी मास्टर हुन्। ‘पहिला कस्ले जम्प गर्ने ?’ भोलाले प्रश्न गरे । ‘म गर्छु,’ मैले जवाफ फर्काए।

पुलको बीचमा रातो डोरी बाँधिएको थियो। त्यो डोरीलाई नाघेर म उनी भएतिर गए। हातमा बेल्ट, खुट्टामा एङ्कल हार्निस र कम्बरमा लक भएको बेल्ट बाधेर कस्दै थिए, उनी। शरीरमा आवश्यक ‘सुरक्षा कवज’ लगाएपछि म जम्फ गर्न तयार भए। त्यसअघि उनले मलाई बन्जी जम्फ कसरी गर्ने भनेर पनि सिकाए।

भोला दाइको बोली साह्रै मिठो थियो । उनको अगाडि क्यामराम्यान थिए। उनले मलाई नाम सोधे । र, क्यामेरामा हेरेर हास्न र केही भन्न आग्रह गरे।

मैले मुस्कुराउँदै भने, ‘म शुष्मा, आइ एम सो एक्साइटेट टु डु बन्जी। ड्याट इज माइ ड्रिम। आइ फिल वाउ।’

यति बोलेपछि बन्जीको लागि बिस्तारै अगाडि बढे। मलाई पछाडिबाट सपोर्ट गदै थिए, बन्जी गाइड भोलाले। ‘ल राम्रोसँग जम्प गर्नु है, चिल जस्तै उड्नु,’ उनले भने।

जब म बन्जी गर्ने ठाउँमा उभिएँ, गाइडले भनेको कुरा सबै बिर्सिएँ। १ सय ६० मिटर उचाइबाट हाम फाल्दा मनमा भने १० रेक्टरको भूकम्प गएजस्तो भइरहेको थियो।

पारि डाँडा नियाल्दा यस्तो लाग्थ्यो– म ‘स्वर्ग’ जाँदै छु । तर, तल भोटेकोशी हेर्दा लाग्थ्यो– जीवनको अन्तिम क्षण यही हो।

म डराएँ, बन्जी गर्न बटुलेको साहस कहाँ गयो पत्तै पाइनँ। तर, खुट्टालाई भने रोकिनँ। अनि, आँखा चिम्लेर हाम फाले।

म कहाँ छु? केही थाहा पाइनँ। जब मैले सुसाउँदै गरेको भोटेकोशीको सामीप्यता महसुस गरें, यसले मलाइ नै बोलाइरहेको भान भयो। अनि झसंग भएँ। आमालाई सम्झिएँ। ‘थ्याङ्क्यु फर माइ लाइफ। वाउ! दिस इज ह्यावन।’ मनमनै भने।

जब तीन पटकसम्म झुन्डिएको डोरीले तलमाथि झटार्यो।  माथि रहेका गाइडले सिठी बजाएर आउने जानकारी दिए। तर, म भने त्यहीँ हराउन चाहान्थे, केहीबेर एक्लै। साच्चै भन्ने हो भने त्यो दिन मैले आफूलाई कति माया गर्दो रहेछु भन्ने थाहा पाए। मैले लामो श्वास तान्दै त्यो दुई मिनेटको समयमा पूरा जीवन महसुस गर्न पाएँ। मनैदेखि आवाज आयो, ‘वाउ, लव यु जिन्दगी।’

सिठी बजेको सुन्दैछु। र, खुट्टामा बाँधिएको बेल्ट फुकाल्ने कोसिस गरें। तर, बेल्ट खुट्टाबाट छुट्न भने सकेन। केही समय झुन्डिएपछि अनुहारबाट रगत चुहिन्छ कि जस्तो भयो। माथिबाट गाइड डोरी फालेपछि कम्मरमा भएको पेटीमा लक गरें । र, माथि तान्नुको संकेत दिन दुवै हात फुकाए। गाइडले मेरो इसारा बुझेर होला माथीतिर तान्न थाले मलाई।

मलाई चाहिँ फरक महसुस भइरहेको थियो। मृत्युको निमन्त्रणमा आएकी म अब जीवनमा आउने डर र दुःखलाई सहजै पार लगाउन सक्छु। आफूलाई ‘बहादुर’को उपमा दिएर आफैलाई स्याब्बासी दिए मनमनै। जीवनको २५ औं वसन्तसम्मको समयले नसिकाएको जीवनको परिभाषा त्यो एक पलले सिकायो। अब मलाई मेरो धेरै माया लाग्छ, अचेल आफूले आफैलाई चोखो प्रेम गर्ने भएकी छु। ‘लाइफ इज ब्युटिफुल।’






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘रानीमहल’ सुटिङ रानीमहलमै

‘रानीमहल’ सुटिङ रानीमहलमै

पाल्पाको रानीमहलमा पूर्व मिस नेपाल निकिता चन्दक अभिनित चलचित्र ‘रानीमहल’को सुटिङ भएको छ। हिमाल न्यौपानेको निर्देशनमा छायाङ्कन हुँदै गरेको यस...

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्। ...

अर्जुनले छाडे पत्नीको साथ

अर्जुनले छाडे पत्नीको साथ

बलिउड अभिनेता अर्जुन रामपालको पत्नी मेहर जेसियासँग सम्बन्धमा खटपट आएको बुझिएको छ। ...

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्। फेसियल...