६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कोहलपुरका व्यवसायी खड्कामाथि आक्रमण

आक्रमणकारीले तोडफोड गरेको व्यवसायीको जीप । तस्विरः नागरिक

कोहलपुर – कोहलपुरका युवा व्यावसायी दिपक खड्कामाथि गएराती आक्रमणको प्रयास भएको छ। उद्योगबाट काम सकेर घर फर्कने क्रममा कोहलपुर ११ स्थित चारलेन सडकमा खड्कामाथि अपरिचित समूहले आक्रमण गरेको हो। 

गएराती साढे ८ बजे दुई जनाको समूहमा आएका व्यक्तिले खड्का सवार बा ८ च ३९१८ नम्बरको जीपमा तोडफोड गर्दै आक्रमणको प्रयास गरेको हो । आक्रमणबाट गाडीको अगाडिका सीसा फुटेका छन् भने खड्कालाई सामान्य चोट रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

प्रहरीका अनुसार खड्कामाथि आक्रमण गर्ने फरार छन् । आक्रमणकारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: २२ वैशाख २०७५ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App