२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छाेरा नपाएकाे भन्दै पत्नीमाथि कुटपिट

डोल्पा– ठुलीभेरी नगरपालिका वार्ड–७ जुफाल घर भएकी एक महिला पतिको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । ३२ वर्षीया बिसरा रोकाया पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

२१ बैशाखमा बिहान मदिरा सेवन गरेका रोकायका पति कुमार शाहीले छोरा नपाएको रिसमा घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेका थिए । बेहोस भएकी रोकायाको जुफालस्थित मेडिकलमा उपचारपश्चात होस खुलेको थियो । 

दायाँ आँखा माथि लागेको घाउमा तीनवटा टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए । पतिबाट पीडित घाइते महिलाको उपचारपछि होस खुलेपछि पतिलाई कारबाही गरिपाउँ भनि बिमानस्थल प्रहरी चौकी जुफालमाउजुरी दिएकी छन् ।

उनले आफूलाई पटक पटक यातना दिएको भन्दै रोकायाले आफ्नो ज्यान बचाउन प्रहरीलाई अपिल गरेकी छन् । प्रहरीले कुमार शाहीलाई पक्राउ मिलापत्र गराएको प्रहरी इन्चार्ज कृष्णराज शर्माले बताए ।

अज्ञानता र चेतनाको कमिले गर्दा बिकट हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दो छ । 

प्रकाशित: २२ वैशाख २०७५ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App