१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

स्विमिङ वेयरको ट्रेन्ड

गर्मी याम सुरुवातसँगै पानीमा रमाउनेको जमात बढ्दो छ । बिदाको समय मिलाएर स्विमिङ पुलमा रमाउन जाने युवा मात्र छैनन्, बच्चादेखि पाकासम्म छन्।

पछिल्लो समय परिवार, साथीभाइ, विद्यालय, कार्यालयबाट मिलेर स्विमिङ गर्न जानेको संख्या बढेको पाइन्छ । स्विमिङ गरेर गर्मी छल्ने त छँदै छ, भेटघाट पनि हुने हुँदा स्विमिङ जाने प्रचलन बढ्दो छ । बौद्धका योगराज राई (२६) समरमा स्विमिङ गर्न रुचाउँछन् । आठ वर्षको उमेरदेखि स्विमिङ गर्न सुरु गरेका उनी पानीसँग प्रेम रहेको बताउँछन् । रमाइलो मात्र नभएर शारीरिक व्यायाम पनि हुने भएकाले उनी प्रायः स्विमिङ गर्छन् । उनी भन्छन्, ‘पानीसँग मलाई सानैदेखि प्रेम छ, गर्मी छल्न पानीमा खेल्न एकदम मनपर्छ ।

अझ स्विमिङ पुलमा भन्दा खोलानालामा पौडन मनपर्छ ।’ प्रेम सम्बन्धमा रहेका उनी जेठमा प्रेमिकासँग स्विमिङ गर्न जाने योजनामा छन् । उनी भन्छन्, ‘स्विमिङ जाँदा फोटो सुट पनि गरिन्छ । पानीसँग खेलिन्छ, रमाइलो हुन्छ ।’योगराज स्विमिङ गर्दा ब्ल्याक स्विम बक्सर लगाउने बताउँछन् । उनी भन्छन्, ‘स्विमिङ गर्दा शरीर फ्री हुनुपर्छ, स्विम बक्सर लगाउँदा पौडन सजिलो हुन्छ ।’पानीका खेलाडीले लगाउन थालेदेखि स्विमिङ ड्रेसको ट्रेन्ड बढेको पाइन्छ । स्विमिङले शरीरको पूर्ण रूपमा व्यायाम गराउँछ । स्विमिङ गर्दा शरीरमा लचिलो खालका ड्रेस लगाउन जरुरी हुन्छ । बढ्दो गर्मीसँगै अचेल स्विमिङमा रमाउनेको भीड पनि बढ्दो छ ।

स्विमिङ गर्न रुचाउने बालबालिकालाई अति आवश्यक सामग्री हो, गगल्स, क्याप र इयर प्लग र सन ब्लक क्रिम।

पारिवारिक ग्यादरिङ, फ्रेन्ड सर्कल भेटघाट गर्दै स्विमिङको मजा लिनेको संख्या बढेको पाइन्छ । बच्चादेखि पाका उमेर समूहका मानिस पानीमा रमाउन रुचाउँछन् ।स्विमिङ गर्न रुचाउने बालबालिकालाई अति आवश्यक सामग्री हो, गगल्स, क्याप र इयर प्लग र सन ब्लक क्रिम । अचेल सहर–बजारका विद्यालयले नै बालबालिकालाई स्विमिङ सिकाउने गर्छ ।

विद्यालयबाट विद्यार्थीलाई स्विमिङ गर्न लैजाँदा विशेष ध्यान दिनुपर्र्छ । बच्चाहरूलाई स्विमिङ गराउँदा विशेष ख्याल राख्नुपर्ने भक्तपुरस्थित अलाइभ मन्टेश्वरीकी प्रिन्सिपल अनिला सिन्तकला बताउँछिन् । उनी भन्छिन्, ‘साना नानीलाई गगल्स, क्याप र इयर प्लग र सन ब्लक क्रिम अनिवार्य नै हुन्छ, बच्चाहरू पानीमा खेल्न पाउँदा धेरै खुसी हुन्छन् । तसर्थ, निकै सावधानी अपनाउनुपर्ने हुन्छ ।’ बच्चाहरूलाई स्विमिङ गराउन लैजाँदा टिचरले सानो–सानो कुरामा ध्यान दिन जरुरी हुन्छ । बच्चा मात्र नभएर स्विमिङ गर्न नजान्ने हर उमेरका लागि आवश्यक कस्टुम हुन्– गगल्स, क्याप र इयर प्लग र सन ब्लक क्रिम । यसले पानीमा खेल्नेहरुलाई सुरक्षा दिन्छ।

स्विमिङ गर्न जानुअघि छोटो अभ्यास गराउन उचित हुन्छ । अनिला भन्छिन्, ‘बच्चालाई स्विम गराउनुअघि स्विमिङ कसरी गर्ने ? पानीमा हातखुट्टा कसरी चलाउने भनी बुझाउनुपर्छ । पहिलोपटक स्विम गर्र्नेलाई सपोर्ट गर्नुपर्छ ।’ योपटकको गर्मीमा अनिलाले आफ्नो विद्यालयबाट विद्यार्थीलाई दुईपटक स्विमिङ गर्न लैजाने तयारीमा छिन् । उनी भन्छिन्, ‘मेरो विद्यालयका नानीहरू साना छन्, योपटक म विद्यालयमै ट्युबमा स्विमिङ गराउने सोचमा छु।’

स्विम गर्दा गगल्स लगाउन अनिवार्यजस्तै हुन्छ । स्विमिङ पुलमा हुने पानी प्राकृतिक नभएर प्रशोधनका लागि विभिन्न केमिकल मिसाइएको हुन्छ, जसले हाम्रो संवेदनशील अंग आँखामा असर पु¥याउन सक्छ । तसर्थ, सिकारु स्विमर र बच्चाले गगल्स अनिवार्य प्रयोग गर्नु जरुरी हुन्छ । स्विमिङ क्याप लगाएर स्विम गर्दा सजिलो हुन्छ । कपालको स्याहार र सुरक्षाका लागि पनि स्विमिङ क्याप लगाउन जरुरी हुन्छ । केमिकलयुक्त पानीले कपालमा नकारात्मक असर पु¥याउने भएर सावधानी अपनाउनुपर्ने हुन्छ । इयर प्लग कानमा लगाइन्छ, यसले कानमा पानी पस्नबाट जोगाएर राख्छ ।

स्विमिङ पुलको केमिकलयुक्त पानी कानमा पस्न सक्छ, जसले कानमा समस्या आउन सक्छ । तसर्थ, इयर प्लग लगाउन जरुरी हुन्छ । सन ब्लक क्रिमले छालाको स्याहार गर्छ । स्विमिङ गर्नुअघि शरीरमा सन ब्लक क्रिम लगाउन उपयुक्त मानिन्छ । सन ब्लक क्रिमले शरीरमा एलर्जी हुन र घामको असरबाट सुरक्षित गर्छ।

हर अंगको व्यायाम हुने हुँदा शरीरमा लगाइने ड्रेस खुकुलो, मुलायम वा लचिलो हुन आवश्यक छ । बजारमा महिलाका लागि विभिन्न डिजाइन र रंगका स्विमिङ कस्टुम उपलब्ध छन् ।न्युरोडकी आयुष्मा खड्काले कपडाको व्यापार गर्न थालेको १५ वर्षभन्दा बढी भयो । उनले व्यापार सुरु गर्दा स्विमिङ कस्टुमबारे कसैलाई जानकारी नभएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘अहिले भने स्विमिङप्रतिको मोह निकै बढेको छ, बच्चादेखि पाका मानिस स्विमिङ कस्टुम लिन आउँछन् ।’ पुरुषभन्दा महिलाका लागि विभिन्न फेसनेबल कस्टुम पाइने उनी बताउँछिन् । ‘यो समरमा फ्लोरल प्रिन्टेड स्विमिङ कस्टुम बढी बिक्री भएको छ,’ उनले भनिन् । महिलाका लागि विभिन्न प्रकारका ड्रेस उपलब्ध छन् । पुरुषको तुलनामा महिलाका लागि विभिन्न डिजाइनमा स्विमिङ कस्टुम पाइन्छन् । फ्लोरल प्रिन्टेड स्विमिङ कस्टुम, वान पिस स्विम सुट, स्विम बिकिनी, फुल बडी सुट आदि बजारमा चलेका स्विम सुट हुन् । स्विमिङ ड्रेस शरीरको आकारअनुसार लगाउनुपर्छ।

‘समर मलाई निकै मनपर्छ ’ उनले भनिन् । पूजा प्रिन्टेड स्विमिङ कस्टुम ड्रेस लगाउन रुचाउँछिन् । उनी भन्छिन्, ‘अफिस बिदाका बेला प्रायः स्विमिङ गर्न जान्छु, यसपालि पनि जाने सोचमा छु ।’ कम्फर्टेबल खालका स्विम ड्रेस लगाउन मनपराउने उनी हलुका स्पन्जवाला प्रिन्टेड स्विमिङ कस्टुम लगाउने बताउँछिन् । समरमा अनुकूल लुगा लगाउन चाहनेको राम्रो रोजाइ हुन सक्छ, फ्लोरल प्रिन्टेड स्विमिङ कस्टुम । बजारमा विभिन्न डिजाइनमा प्रिन्टेड स्विमिङ कस्टुम उपलब्ध छन् । स्विमिङ कस्टुम सामान्यतः एक हजार रुपैयाँबाट सुरु हुने व्यापारी आयुष्मा खड्का बताउँछिन्।

स्विमिङ गर्दा स्पन्ज ब्याकलेस वान पिस स्विमिङ ड्रेस लगाउन मनपर्छ,’ उनले भनिन् । आफूले ब्ल्याक कलरको मनपराउने उनले बताइन् । उनी भन्छिन्, ‘मेरो शरीरको आकार ठूलो छ, त्यसकारण कालो रंगको कस्टुम लगाउँछु, प्लेन कालो रंगले शरीर भद्दा देखाउँदैन ।’ खुला लुगा लगाउने युवतीका लागि राम्रो विकल्प हुन सक्छ— ब्याकलेस स्विम कस्टुम । सामान्यतः बजारमा वान पिस स्विम वेयरको मूल्य एक हजार तीन सय रुपैयाँदेखि सुरु हुने व्यापारी बताउँछन्।

धेरै मानिसलाई केमिकलयुक्त पानी र घामका किरणबाट समस्या हुन सक्छ, तसर्थ ड्रेसमा टप टु बटम ध्यान दिन जरुरी हुन्छ । व्यापारी आयुष्मा भन्छिन्, ‘प्रायःले वान पिस र नर्मल स्विम ड्रेस लगाउँछन्, बिकिनी भने बाहिर जानेले एकैपटक टन्नै किनेर लैजाने गर्छन् ।’ बिकिनी विभिन्न रंग र डिजाइनमा उपलब्ध छ । शरीरको सेप मिलाएका मोडल, हिरोइनको विशेष रोजाइमा पर्छ, बिकिनी । शारीरिक फिट रहेका युवतीले बिकिनी लगाउन मन पराउँछन् । सामान्यतः बिकिनीको मूल्य अन्य स्विम ड्रेसभन्दा महँगो रहेको व्यापारी आयुष्मा बताउँछिन् । थरीथरीका कलर र डिजाइनमा उपलब्ध बिकिनीको मूल्य १५ सय रुपैयाँबाट सुरु हुन्छ ।

 

प्रकाशित: २४ वैशाख २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App