१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

मस्को- पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन्। 

सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए।

पैसठ्ठी वर्षीय पुटिनले यस बर्षको मार्चमा भएको निर्वाचनमा झण्डै ७७ प्रतिशत मत प्राप्त गरी निर्वाचित बनेपछि रूसमा जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय जिम्मेवारी लिने व्यक्ति बनेका छन्।

नयाँ राष्ट्रपतिका रूपमा उनले आफ्नो चौथो कार्यकाललाई रूसको अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रतिवद्धता जनाएका छन्। यद्यपि उनीमाथि अन्तर्राष्ट्रिय विवादका कारण काम गर्दा दबाब भने रहने देखिएको छ। 

करिब दुई दशकदेखि रूसी नेतृत्वमा रहेका पुटिनले आगामी छ वर्ष रूसको शासन व्यवस्था सम्हाल्नेछन्। पश्चिमा प्रतिस्पर्धीहरूसँग तनाब चर्किरहेका समय जिम्मेवारी सम्हालेका पुटिनले उनीहरूसँगको सम्बन्धलाई गाढा बनाउन नसकेको भएपनि उनले जिम्मेवारी सम्हाल्ने समयको तुलनामा केही शान्त भने बनाएका छन्। 

दुई दशक पहिले रूसको कटु आलोचना गर्ने कतिपय मुलुकहरूले पछिल्ला वर्षहरूमा रूसको उपस्थितिलाई कूटनीतिक मञ्चहरूमा सहर्ष स्वीकार गर्न लागेका छन्। यसको अर्थ रूसको सम्बन्ध विश्वसमुदायसँग विश्वयुद्ध पहिलेको अवस्थामा भने पुगेको छैन। 

सपथ ग्रहणका लागि आयोजित समारोहमा आउँदा यस पहिले तीन पटकसम्म विश्वका केही अति आरामदायी कारमध्ये एक मानिने स्वदेशी मर्सेडिज कारको प्रयोग गरेका पुटिनले यसपटक भने रूसी सिनेट लिमोसाइन कारको प्रयोग गरेका छन्।

प्रधानमन्त्रीमा मेदभेदेभलाई प्रस्ताव 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीका रूपमा लामो समयदेखि उनको निकट रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालमा लाने प्रस्ताव सोमबार गरेका छन्। 

राष्ट्रपति पुटिनले रूसी संसदमा निवर्तमान प्रधानमन्त्री मेदभेदेभलाई नयाँ प्रधानमन्त्री बनाउन आग्रह गरेकाे रूसी अधिकारीले बताएका छन्। “राष्ट्रपति पुटिनले मेदभेदेभको प्रधानमन्त्रीको उम्मेदवारीलाई सहज स्वीकार गर्दै उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कानूनी आधार पास गर्न रूसी संसद (डुमा)लाई आग्रह गरेका छन्,” रूसी प्रशासन केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिनले चौँथो कार्यकाल औपचारिक रूफमा सम्हालेलगत्तै संक्षिप्त विज्ञप्ति जारी गरी जनाएको छ। 

प्रकाशित: २४ वैशाख २०७५ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App