१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमती र छोरी मिलेर हत्या

सुर्खेत– पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–५ काप्रिचौरका ५५ वर्षीय नहकुल शाहीलाई श्रीमती र छोरी मिलेर हत्या गरेका छन्। मंगलबार राति साढे ११ बजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमती तुल्सा र २३ वर्षीया छोरी कल्पनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सधैं मदिरा सेवन गरेर शाहीले घरमा श्रीमती र छोरीलाई अश्लील गाली गर्थें। ‘मंगलबार राति पनि मदिरा सेवन गरेर अश्लील गाली गर्न थालेपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको आमा–छोरीले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले भने, ‘आमा र छोरीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं।’

प्रहरीका अनुसार मृतक शाहीको दाँया र बाँया कञ्चटमा हसिया पनि प्रहार गरिएको छ। ‘घटनाको प्रकृति हेर्दा पहिले हसियाले हानेर बेहोस् भएपछि घाँटी थिचेर हत्या गरेको देखिन्छ’ उनले भने, ‘पक्राउ गरेर हिरासतमा राखेका छौं, अनुसन्धान भइरहेको छ।’ हत्या घटनाका बारेमा प्रहरीले बुधबार विहान मात्रै जानकारी पाएको थियो। स्थानीयले हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। 

प्रकाशित: २६ वैशाख २०७५ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App