१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सैन्य अखडामा अाक्रमण

दमाकस - इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा अाक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो। इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ।

सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ। सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दाबीसमेत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो। इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ।

प्रकाशित: २७ वैशाख २०७५ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App