कर्मचारीको भत्ता कटौती

शुक्रबार, २८ बैशाख २०७५, ०६ : २७ भुवन शर्मा


काठमाडौं – सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ। नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन्। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ लाख १२ हजार र अन्य प्रकारका भत्तामा पाँच अर्ब ६८ करोड, ७५लाख ६५ हजार छुट्ट्याएको छ। स्थानीय भत्तामा एक अर्ब ३४ करोड, ९७ लाख नौ हजार, महँगी भत्तामा तीन अर्ब ४५ लाख ८७ लाख सात हजार छुट्ट्याइएको मन्त्रालयको भनाइ छ। सरकारले छुट्ट्याएको बजेटमध्ये गत वैशाख तेस्रो सातासम्म फिल्ड भत्तामा ६ करोड ८६ लाख एक हजार र अन्य प्रकारका भत्तामा तीन अर्ब ४२ करोड ४५ लाख १६ हजार रुपैयाँ खर्च भएको छ। स्थानीय भत्ताबापत ७५ करोड ८३ लाख ६ हजार र महँगी भत्तामा दुई अर्ब ३४ करोड ७९ लाख ३६ हजार खर्च भएको मन्त्रालयले जनाएको छ।

राज्यलाई झन्डै ६ अर्ब व्ययभार कम पर्ने सरकारी दाबी

सरकारले भत्ता कटौती गर्न कानुन संशोधन गर्ने निर्णय पनि गरेको छ। तीन महिनाभित्र कानुन संशोधन गरी महँगी र स्थानीय भत्ताबाहेक सबै प्रकारको भत्ता कटौती गर्ने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए। उनले नागरिकसँग भने, ‘कर्मचारीले पाउने भत्ता र सुविधामध्ये स्थानीय र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको छ। कानुनमा व्यवस्था गरी दिइएका भत्ताहरूमा तीन महिनाभित्र कानुन संशोधन गर्ने निर्णय पनि भएको छ।’

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सरकारी खर्चमा मितव्यियता अपनाउन र सरकारी काममा प्रभावकारिता ल्याउन निजामती कर्मचारीको स्थानीय र महँगीबाहेक सबै प्रकारका भत्ता कटौती गर्ने निर्णय गरेको बताए। स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्तासुविधा राक्ने हो भने राज्यलाई करिब पाँच अर्ब ८६ करोड रुपैयाँ व्ययभार कटौती हुन्छ । सरकारले कटौती गर्ने निर्णय गरेका अन्य प्रकारका भत्तामा दुर्गम भत्ता, पोसाक भत्ता, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता, हाजिरीमा आधारित भत्ता, कार्यक्षमतामा आधारित भत्तालगायतका भत्ता रहेका छन्। कुनैकुनै कार्यालयमा सरकारी कर्मचारीले भत्ता र सुविधाका नाममा तलबभन्दा तेब्बरसम्म बढी लिने गरेका छन्। प्रोत्साहन भत्ताका नाममा सरकारी कार्यालयले ५० प्रतिशतसम्म कर्मचारीलाई भत्ता दिने गरेका छन्।

सरकारले सार्वजनिक खर्च कटौती गर्न विभिन्न कार्यक्रम ल्याएको छ। सरकारी कार्यक्रम तालिम, सेमिनार, गोष्ठी सरकारी हलमै गर्ने, होटलहरूमा कार्यक्रम नगर्ने, सरकारी गाडी दुरुपयोग बन्द गर्ने, सरकारी गाडीको प्रयोगमा एकरूपता ल्याउने लगायतका कार्यक्रम छन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय र भएकाे छ। ...

रिजुलाई ‘मिस नेवा’ उपाधि

रिजुलाई ‘मिस नेवा’ उपाधि

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्। ...

अनमोलसँग सुहानी

अनमोलसँग सुहानी

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मार्फत अभिनयमा डेब्यु गरेको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री झरना थापाकी...

फेसनमा दलजितका पहिरन

फेसनमा दलजितका पहिरन

ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको...