२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवेकशील साझाको कार्यालयमा प्रहरी हस्तक्षेप

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौं आउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

विवेकशीलका रमेश पौडेलले नागरिकन्यूजसँग भने, ‘ओली सरकार असहिष्णु भएको देखियो। शान्तिपूर्ण विरोध गर्न पनि दिएन।’

ललितपुर प्रहरीले आज विवेकशील साझा पार्टीको कार्यालयमा गएर नेपालको राष्ट्रिय झन्डा हटाउन लगाएको छ भने  ‘मोदीजी, स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ लेखिएको ब्यानर हटाइदिएको छ।

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेका बेला शुक्रवार अपरान्ह प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपको विरोध गर्न सो पार्टीका नेताहरु अहिले ललितपुर प्रहरी कार्यालयमा गएका छन् । विवेकशील साझाका नेता रमेश पौडेलका अनुसार डिएसपीको नेतृत्वको प्रहरी टोलीले पार्टी कार्यालयमा हस्तक्षेप गरेको हो ।पौडेलले नागरिकन्यूजसँग भने, ‘ओली सरकार असहिष्णु भएको देखियो। शान्तिपूर्ण विरोध गर्न पनि दिएन।’

प्रहरीले हस्तक्षेप गर्नुअघि पुरा ब्यानर यस्तो थियो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App