१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाल्पा-बुटवल सडक सुचारु

बुटवल– गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् । 

ती जिल्लाबाट बुटवल भैरहवा, काठमाडौं पोखरा तथा पश्चिमका लागि भनेर छुटेका तर बाटोमै अलपत्र परेका गाडीहरु पनि अहिले गन्तब्यतर्फ लागेका छन् । 

आइतबार रातीको हावाहुरी र वर्षाले तानसेन बुटवल सडक खण्डको दोभान र सिद्धबाबाको बीचमा पहिरो खसेपछि रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बुटवल र पाल्पाबाट गएको स्काभेटर र डोजरले पहिरो हटाएपछि दिउसो २ बजेदेखि बाटो सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक प्रविण आर्चायले जानकारी दिए । 

सडक माथिबाट ठूलठूला ढुंगासहित खसेको पहिरो हटाउन झन्डै ८ घण्टा लागेको थियो । सडकमाथि पनि केही ढुंगा अडकेर बसेकाले बाटो खुलेपनि ती ढुंगा फेरि खस्ने जोखिम भने उत्तिकै रहेको प्रहरीले जनाएको छ ।

सो स्थान पहिरोको उच्च जोखिम क्षेत्र हो । गाएको वर्ष सोही स्थानमा दसैंको नवामीको दिन सुख्खा पहिरो जाँदा दुईतर्फी बाटो खुलाउन पाँच दिन लागेको थियो ।  

 

प्रकाशित: ३१ वैशाख २०७५ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App