१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा अवरोध छैनः रुस

मस्को – सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ।

सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी समाचार आएका थिए।

ती खबर आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ। रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको उसले बताएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने,“मस्कोले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको विना पूर्वाग्रह अनुसन्धानको पक्षमा रहेको छ।”

यस पहिले नेदरल्याण्डका लागि बेलायती राजदूतावासले रूस र सिरियाले रासायनिक हतियार निवारणसम्बन्धि अन्र्तर्राष्ट्रिय संगठन (ओपिसीडब्लु)ले खटाएका सदस्यलाई सिरियाको डुमा (घटनास्थल)मा प्रवेश गर्न अवरोध गरेको भनी जानकारी गराएको थियो।

गत अप्रिल ७ गते भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमलामा ४० जना विद्रोही पक्षधर नागरिकको मृत्यु भएको थियो।

ओपिसीडब्लु प्रमुख अहमेत उजुम्कुले केही समयअघि दमास्कस पुगेपछि अनुसन्धान समूहको सिरिया आगमनबारे स्थानीय प्रशासनलाई जानकारी गराएका थिए।

अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायतले गत हप्ताको अन्त्यमा सिरियामा गरेको क्षेप्यास्त्र हमलाका बिषयमा आलोचना गर्दै अनुसन्धानका लागि आएको समूहको विश्वसनीयतालाई प्रभावित तुल्याउन क्षेप्यास्त्र आक्रमण गरिएको मस्कोले जनाएको छ।

पेस्कोभले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले दावी गरे अनुसार मस्को र अङ्काराबीचको सम्बन्धमा पनि समस्या देखिएको भन्ने भनाइप्रति पनि आलोचना गरेको छ।

प्रकाशित: १ जेष्ठ २०७५ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App