१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलाई

काठमाडौं – टेबलटेनीसका खेलाडी स्यान्टु श्रेष्ठले पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड जितेका छन्। योसँगै उनले पल्सर मोटरसाइकल हात पारेका छन्।

बिहीबार आर्मी अफिसर क्लबमा नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा स्यान्टुले क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरणकुमार लिम्बु, भलिबलका मानबहादुर श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पालाई भोटिङको आधारमा पछि पार्दै अवार्ड हात पारेका हुन्।

स्यान्टु ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धा र ठमेल ओपन च्याम्पियन्ससिपमा पहिलो भएका थिए।

प्रकाशित: ३ जेष्ठ २०७५ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App