१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वैद्य र विप्लवलाई ओलीको प्रश्न– अब कति स-साना पसल थापेर बस्ने ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता अभियानमा आउन आह्वान गरेका छन्। 

‘एउटा कुरा भन्नैपर्छ, मैलै होच्याउन खोजेको होइन, साथीहरु अब कति ससना पसल थापेर बस्ने?’ ओलीले एकीकरण समारोहबाट वैद्य र विप्लवलाई आह्वान गर्दै भने– ‘हाम्रा सबै अझै पनि छरिएका कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक भावना भएका महानुभावहरु यस महाअभियानमा आउनुस्, एकजुट भएर देश विकास गरौं। टेरा अप्ठ्यारा कुरा गरेर विग्रेका केटाकेटीजस्तो नगरौं। यो महाअभियानमा सामेल हुनुस्।’

कांग्रेस वैद्यानिक रुपमा मात्रै प्रतिपक्ष 

अध्यक्ष ओलीले कम्युनिष्ट एकतासँगै नेपाली कांग्रेस अब वैधानिक हिसाबमा प्रतिपक्ष भएको टिप्पणी गरे। ‘तर, म प्रतिपक्षका रुपमा हेर्न चाहन्न्। लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको ठूलो योगदान रह्यो। एउटा चुनाव हार्दैमा दिशाहिन भएर अल्झिनुभएन। २०१५ सालमा हामीले ४ सीट मौत्र ल्याउँदा दृढ भएर बस्यौ। कांग्रेसले अलिकति चुनाव हार्दैमा नआत्निुस। देशको विकास र समृद्धिमा मिलेर जाऔं’, उनले भने।

उनले यो एकता गरिबी, पछौटेपनविरुद्ध, विकासशीलबाट विकसित देश बनाउन, देशबाट गरिबी हटाउनका निम्ति भएको बताउँदै भने– भ्रष्टाचार हुन नदिन, सुशासन समृद्धिका लागि एकता हो।’

प्रकाशित: ३ जेष्ठ २०७५ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App