१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विवाहको १० लाख शैक्षिक अभियानलार्इ अनुदान

काठमाडौँ-  अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन्।करिब  १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन्।

“टिच फर नेपाललाई सहयोग गर्ने ठूलो सपना थियो, शिक्षा क्षेत्रमा सहयोग गर्दा धेरै विद्यार्थीको जीवन परिवर्तन हुने महसुस गरेर सहयोग गरेका हौँ,” शाक्यले भने। सन् २०१३ मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट भौतिक विज्ञानमा विद्यावारिधी गरेका  उनी हाल अमेरिकाकै मिसिगन विश्वविद्यालयमा अनुसन्धानरत छन्।

यस्तै श्रेष्ठ अमेरिकाको मिसिगन विश्वविद्यालयमा जीव विज्ञान अन्तर्गत विद्यावारिधी गर्दै छन् । दाइजो प्रथा हटे पनि विवाहको बेला बेहुलीको लागि अनावश्यक रूपमा गहनाको प्रयोग हुने गरेको भन्दै श्रेष्ठले उक्त चलन परिवर्तन गर्नका लागि सहयोग गरेको बताए । उनले भने, “अरूले पनि यस्तो सहयोग गर्नेछन् भन्ने विश्वास लिएका छौँ ।”

टिच फर नेपालले मुलुकका दुर्गम भेगका सार्वजनिक विद्यालयमा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ । शाक्य र श्रेष्ठले अध्ययन गर्दा गर्दै जम्मा गरेको रकम सो शैक्षिक अभियानलाई सहयोग गरेका हुन्।शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा स्थानीय सरकारसँगको साझेदारीमा टिच फर नेपाल अभियान २०७० वैशाखदेखि ललितपुर, सिन्धुपाल्चोक, धनुषा, पर्सा, लमजुङ र दाङका सार्वजनिक विद्यालयमा सञ्चालन गरिँदैआएको छ।रासस

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App