१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रमपम पाँचौ उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर– रुस्लान थ्रीस्टार क्लब ललितपुरलाई उदयपुरको खेलमैदानले फेरि पनि साथ दिएको छ। शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्नु परे पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ। 

सदरमुकाम गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा सम्पन्न फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई १–० को गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि चुम्न सफल भएको हो । यसअघि २ पटक उदयपुर गोल्डकपमा सहभागी भएर दुवैपटक उपाधि हात पार्न सफल भएको थ्रीस्टारलाई यसपटकको उपाधि रक्षा गर्न ने मुल स्टाईकर गुमाउनुका साथै तनावपूर्ण खेलको सामना गर्नुप¥यो। 

पहिलो र तेस्रो प्रतियोगिताको उपाधि चुमेको थ्रीस्टारले पाँचौ संस्करणमा मुख्य स्टाईकर ४५ नम्बर जर्सीका अफ्रिकन खेलाडी अजय मार्टिनलाई रेडकार्डको सामना गर्नुप-यो। खेल सुरु भएको १८ औं मिनटमा मार्टिनकै १ गोलले थ्रीस्टार उपाधिको हकदार भएको हो। उसो त विपक्षी टिम मनाङका ५ नम्बर जर्सीका विमल बस्नेतले पनि रातो कार्डको सामना गर्नुप-यो। 

मध्यान्तरको आधा घण्टासम्म दुवैपक्षबाट गोल नभएप्छि बढेको दर्शकको हुटिङले उत्तेजित दुवैपक्षका खेलाडीबीच दोस्रोचोटी विवाद हुँदा एम्पाएर नविन महर्जन दुवैपक्षका १/१ खेलाडीलाई रातो कार्ड देखाउन बाध्य भएका थिए। आप्mनो गोलपोष्ट अगाडि उभिएर बिबाद हेरिरहेका मनाङका ५ विमल बस्नेत थ्रीस्टारका मार्टिनको मुक्का प्रहारबाट लडेपछि पहिले बस्नेतलाई र त्यसपछि मार्टिनलाई एम्पाएरले रातो कार्ड देखाएका थिए। 

पहिलो चोटीको बिबादमा खासै ध्यान नदिएको प्रहरीले दोस्रोपटक हुटिङकै कारण खेलाडीबीच बिबाद चर्कदै हात हालाहाल भएको आधारमा दर्शकमाथि लाठी चार्ज गरेको थियो। सो क्रममा भागाभाग चल्दा एक दर्शक सामान्य घाइते भएको आयोजकले जनाएको छ। लाठी जार्चपछि पश्चिमतर्फ भिआईपी प्यारापिटअगाडि मैदानको बारमै आड लिएर बसेका दर्शकदीर्धामा भागाभाग मच्चिएको थियो। 

प्रतियोगिताको विजेता टिम थ्रीस्टारलाई प्रमुख अतिथि प्रदेश सरकारका योजना तथा आर्थिक मामिलामन्त्री इन्द्र आङबोले नगद ५ लाख र ट्रफि प्रदान गरे। उपविजेता मनाङलाई प्रदेश सांसदद्वय नारायण बुर्जा र कला घले तथा मूल आयोजक अध्यक्ष किरण राईले ३ लाख नगद र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा थ्रीस्टारकै पिटर सेगुनले सर्वाेत्कृष्ट खेलाडीको उपाधि पाएसँगै उदयपुर गोल्डकपका संस्थापक महासचिव स्व. ज्ञानेन्द्र बान्तवाको परिवारद्वारा प्रायोजित ५० हजार नगदद्वारा पुरस्कृत भए।

पाँचौं संस्करणको प्रतियोगितामा विधागततर्फको पुरस्कारमा पनि थ्रीस्टारले वर्चश्व गरेको छ। उत्कृष्ट गोलरक्षक एलन न्यौपाने, बेस्ट डिफेन्स विजय धिमाल, बेस्ट मिडफिल्डर दिपेक केसी, सर्वाधिक गोलकर्ता अजय मार्टिन र बेस्ट कोच मेघराज केसी घाषित भए। प्रत्येकले १० हजार नगद पुरस्कार पाएका उनीहरु सबै थ्रीस्टारका हुन्। 

प्रतियोगितामा वितरित ७ वटा बिधागत पुरस्कारध्ये फाइनलको म्यान अफ द म्याच र उदीयमान खेलाडीको उपाधि पाउने घरेलु टिम उदयपुर ११ का प्रज्वल चौधरीले पनि नगद १० हजार पाए। फाइनल खेलको म्यान अफ द म्याच घोषित मनाङका डोना थापाले ७ हजार नगद पाए। उदीयमान खेलाडी र म्यान अफ द म्याचबाहेक सबै विधागत पुरस्कार थ्रीस्टारको कब्जामा परेको छ।

प्रकाशित: ५ जेष्ठ २०७५ १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App