१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिएभीद्वारा उपाधि रक्षा

काठमाडौं – आयोजक एमआइएस स्कुललाई ३० रनले पराजित गर्दै साबिक विजेता डिएभी स्कुलले एमआइएस क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ।

डिएभीले यस प्रतियोगिताको ७ संस्करणमा उपाधि जितेको यो चौथो पटक हो । सैनिक विद्यालय र रोज बर्ड स्कुललाई पराजित गर्दै डिएभी फाइनलमा पुगेको थियो।

डिएभीले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य पछ्याएको एमआइएसले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन मात्र जोड्न सक्यो । डिएभीका अप्रीत खेतानले २० रन खर्चंदै ४ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा १ सय ३४ रनको योगफल तयार पारेको थियो । डिएभीका रजत प्रसाद र ऋषभ सिंहले समान २९ तथा आदित्य अग्रवालले २४ रनको योगदान गरे । डिएभीका आदित्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App