१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्यालयमा ज्योतिको एक्सटेन्सन काउन्टर

काठमाडौं – ज्योति विकास बैंकले सुर्खेतस्थित जन माध्यमिक विद्यालयमा एक्सटेन्सन काउन्टर खोलेको छ ।

बैंकका अध्यक्ष हरिचन्द्र खड्का र विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मोतिप्रसाद कँडेलले संयुक्त रुपमा काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ । निकट भविष्यमा नै नौवटा नयाँ शाखा र आठवटा नयाँ एटिएम सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।

हालसालै बैंकले ज्योति रेमिट पनि सञ्चालनमा ल्याएको छ । यसले ५० वटा शाखा र १४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ।

बैंकले १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड ऋण लगानी गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड रुपैयाँ छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App